Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘ह्रस्व दिर्घ’ ले अहिलेसम्म कति कमायो ?

१० मंसिर २०८१, सोमबार ०९:४८

काठमाडौं। नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले ६ करोड ६९ लाख व्यापार गरेको छ। फिल्मले प्रदर्शनको ९ दिनसम्म देशभरिबाट ६ करोड ६९ लाख ग्रस कलेक्सन गरेको हो।

फिल्म ‘‘ह्रस्व दीर्घ’ कार्तिक ३० दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको थियो । बक्स अफिसमा यस चलचित्रले६ करोड ६९ लाख ग्रस कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

पहिलो साता बिहीबारसम्म यस फिल्मले ५ करोड ५४ लाख कमाइ गरेको थियो। फिल्मले दोस्रो शुक्रबार ४५ लाख र शनिबार ७० लाख कमाएको छ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्