Trending
प्रचण्ड नातिनी स्मिताको बिहेमा मोदीको शुभकामना     |     नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली     |     आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ     |     सुनिता थापा गण्डकी प्रदेशसभा सदस्यमा मनोनित     |     प्रकाश सपुत र परीक्षा लिम्बुले फिल्म ‘सोल्टिनी’मा जोडी बाँध्ने     |     पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समिति वाग्लेको नेतृत्वमा सर्वसम्मत     |     कोशी प्रदेशमा लोकसेवा आयोगको विज्ञापन     |     सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?     |     अकाउन्टिङलाई एआईमार्फत् रूपान्तरण गर्दै टिग     |     ‘पुष्पा २’ को बक्स अफिसमा नयाँ रेकर्ड     |    
विज्ञान र प्रविधि

अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार

१३ मंसिर २०८१, बिहीबार ०४:४१

काठमाडौं। टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदै छ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि गायब हुँदैछन् जस्तो देखिन्छ।

वास्तवमा कम्पनीले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने घोषणा गरेको छ। यो उन्नत प्रविधिले परम्परागत मोबाइल टावरहरूलाई बाइपास गर्दै स्मार्टफोनहरूलाई सीधै उपग्रहमा जडान गर्न सकिनेछ । यो पहलले नियमित नेटवर्क कभरेज नभएका क्षेत्रमा पनि कनेक्टिभिटी ल्याउने लक्ष्य राखेको छ।

स्टारलिंकले आफ्नो स्याटेलाइट नेटवर्कलाई द्रुत गतिमा बलियो बनाउँदैछ। टवेकटाउनको को एक रिपोर्ट अनुसार प्रयोगकर्ताहरूले हाल स्याटेलाइट नेटवर्कहरूबाट २५० देखी ३५० एमबीपीएस सम्मको गति प्राप्त गरिरहेका छन्, जुन धेरै फाइबर इन्टरनेट भन्दा छिटो छ।

उदाहरणको लागी दक्षिण अस्ट्रेलियामा फाइबर नेटवर्क को गति ५० देखी ६० एमबिएस छ। यति मात्र होइन, स्टारलिंकले धेरै ठूला टेलिकम कम्पनीहरूसँग साझेदारी गरिरहेको पनि पुष्टि गरेको छ । यो घोषणा एलोन मस्कद्वारा पनि साझा गरिएको छ।

यो प्रविधिलाई गेम चेन्जर मानिन्छ किनभने यसले नियमित सेल टावरहरू बिना नै स्याटेलाइट र स्मार्टफोनबीच सीधा जडान गर्न सक्छ। यस प्रविधिको सहयोगमा तपाईले ग्रामीण तथा पहाडी क्षेत्रमा समेत उत्कृष्ट कनेक्टिभिटी पाउनु हुनेछ । यसलाई सन् २०२५ सम्ममा टेक्स्टिङ, कलिङ र डाटा सेवाका लागि थप सुधार गर्ने योजना छ ।

स्पेसएक्सको यो प्रणालीले मोबाइल नेटवर्क र स्याटेलाइट टेक्नोलोजीलाई संयोजन गर्दछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई कुनै विशेष हार्डवेयर वा एपको आवश्यकता पर्दैन।

प्रतिक्रिया दिनुहोस्