Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘मिस प्लानेट २०२४’ को ह्युमानिटी टाइटल अवार्ड नर्स अनिसा पराजुलीलाई

१३ मंसिर २०८१, बिहीबार १४:०५

काठमाडौं। कम्बोडियामा सम्पन्न ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड नर्स अनिशा पराजुलीले जितेकी छिन् । गएराती सम्पन्न प्रतियोगितामा नेपालबाट सहभागी पराजुली शीर्ष २० मा पुग्दै उक्त उपाधी जितेकी हुन् ।

मिस प्लानेटको चौंथो संस्करणमा यूएईले उपाधि जित्दा नेपालले पहिलोपटक कुनै पनि विधामा जित हासिल गरेको हो । वीर नर्सिङ क्यान्पसमा मास्टर्स अध्ययनरत अनिशा मनोचिकित्सक नर्स हुन् । केही समयअघि काठमाडौंमा भएको नर्सहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ मा उनी फर्स्ट रनअरअप बनेकी थिइन् ।

सोही सफलतापछि उनी नेपालको प्रतिनिधित्व गर्दै कम्बोडिया पुगेकी हुन् । मिस प्लानेटको थिम यस वर्ष ‘विकास सँगसँगै मानसिक स्वास्थ्य सचेतना’ रहेको थियो ।

वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सकसमेत हुन् । काठमाडौँमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर पप भएकी उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्