Trending
रविलाई रिहा गर्न आदेश     |     रवि र छविको मुद्दामा सुनुवाइ सकियो     |     सचिवमा हारेका गोकुललाई केन्द्रीय सदस्यमा लोकप्रिय मत     |     माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन     |     एमाले महासचिवमा शंकर पोखरेल विजयी     |     महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि असफल     |     यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी     |     विष्णु रिमाल केन्द्रिय सदस्यमा पनि पराजित     |     एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित     |     सुनचाँदीको मूल्य बढ्यो     |    
कला र मनोरन्जन

‘मिस प्लानेट २०२४’ को ह्युमानिटी टाइटल अवार्ड नर्स अनिसा पराजुलीलाई

१३ मंसिर २०८१, बिहीबार १४:०५

काठमाडौं। कम्बोडियामा सम्पन्न ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड नर्स अनिशा पराजुलीले जितेकी छिन् । गएराती सम्पन्न प्रतियोगितामा नेपालबाट सहभागी पराजुली शीर्ष २० मा पुग्दै उक्त उपाधी जितेकी हुन् ।

मिस प्लानेटको चौंथो संस्करणमा यूएईले उपाधि जित्दा नेपालले पहिलोपटक कुनै पनि विधामा जित हासिल गरेको हो । वीर नर्सिङ क्यान्पसमा मास्टर्स अध्ययनरत अनिशा मनोचिकित्सक नर्स हुन् । केही समयअघि काठमाडौंमा भएको नर्सहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ मा उनी फर्स्ट रनअरअप बनेकी थिइन् ।

सोही सफलतापछि उनी नेपालको प्रतिनिधित्व गर्दै कम्बोडिया पुगेकी हुन् । मिस प्लानेटको थिम यस वर्ष ‘विकास सँगसँगै मानसिक स्वास्थ्य सचेतना’ रहेको थियो ।

वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सकसमेत हुन् । काठमाडौँमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर पप भएकी उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्