Trending
एनपिएल-२ मा काठमाण्डुको तेस्रो जित     |     जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै आजपाले घोषणा गर्यो आन्दोलन     |     जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी     |     काठमाण्डुद्वारा चितवनसामु १४३ रनको लक्ष्य प्रस्तुत     |     आज देशभरको मौसम कस्तो रहला ?     |     एनपीएल-२ : चार टोली मैदानमा उत्रने     |     पहिलो जीतले टिमको मनोबल बढेको छः विपिन खत्री     |     यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर     |     सुदूरपश्चिमको लगातार चौथो जित     |     श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु     |    
समाचार

स्वास्थ्य बीमा: स्याङ्गजामा क्रमश बढ्दै, हालसम्म ६० प्रतिशत आबद्ध

३० भाद्र २०८१, आईतवार १२:२९

स्याङ्जा जिल्लामा झन्डै ६० प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् ।

आर्थिक वर्ष २०८०-८१ सम्म स्याङ्जा जिल्लाका जम्मा जनसंख्याको ६० प्रतिशतले स्वास्थ्य बीमा गरेको तथ्याङ्कले देखाएको छ ।

२०७८ सालको जनगणनाअनुसार स्याङ्जा जिल्लाको जनसंख्या २,५३,००० रहेकोमा हालसम्म बीमा गर्नेको संख्या १ लाख ५० हजार ७ सय ७४ जनाले स्वास्थ्य बीमा गरेका छन्  जुन ।  झन्डै ६० प्रतिशतको हाराहारीमा हुन् आउँछ ।

जिल्लामा सबैभन्दा बढी बीमा वालिङ्ग नगरपालिकाका मानिसहरुले गरेका छन्  जहाँ ३१ हजारले बीमा गरेका छन् ।

त्यस्तै भिरकोट नगरपालिकामा ९ हजार १ सय,  फेदीखोलामा ६ हजार ७ सय, पुतलीबजार नगरपालिकामा १९ हजार ८ सय, गल्याङ्ग नगरपालिकामा २६ हजार, अर्जुन चौपारीमा ४ हजार ८ सय, विरुवा गाउँपालिकामा ५ हजार ६ सय, चापाकोटमा १३ हजार ८ सय, कालिगण्डकी गाउँपालिकामा २२ हजार,  हरिनाश गाउँपालिकामा ५ हजार व्यक्तिहरुले बीमा गरेको जिल्ला संयोजक ध्रुव हमालले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।

समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँत्र (Universal Health Coverage, UHC) प्राप्ती तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्