Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

स्वास्थ्य बीमा: स्याङ्गजामा क्रमश बढ्दै, हालसम्म ६० प्रतिशत आबद्ध

३० भाद्र २०८१, आईतवार १२:२९

स्याङ्जा जिल्लामा झन्डै ६० प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् ।

आर्थिक वर्ष २०८०-८१ सम्म स्याङ्जा जिल्लाका जम्मा जनसंख्याको ६० प्रतिशतले स्वास्थ्य बीमा गरेको तथ्याङ्कले देखाएको छ ।

२०७८ सालको जनगणनाअनुसार स्याङ्जा जिल्लाको जनसंख्या २,५३,००० रहेकोमा हालसम्म बीमा गर्नेको संख्या १ लाख ५० हजार ७ सय ७४ जनाले स्वास्थ्य बीमा गरेका छन्  जुन ।  झन्डै ६० प्रतिशतको हाराहारीमा हुन् आउँछ ।

जिल्लामा सबैभन्दा बढी बीमा वालिङ्ग नगरपालिकाका मानिसहरुले गरेका छन्  जहाँ ३१ हजारले बीमा गरेका छन् ।

त्यस्तै भिरकोट नगरपालिकामा ९ हजार १ सय,  फेदीखोलामा ६ हजार ७ सय, पुतलीबजार नगरपालिकामा १९ हजार ८ सय, गल्याङ्ग नगरपालिकामा २६ हजार, अर्जुन चौपारीमा ४ हजार ८ सय, विरुवा गाउँपालिकामा ५ हजार ६ सय, चापाकोटमा १३ हजार ८ सय, कालिगण्डकी गाउँपालिकामा २२ हजार,  हरिनाश गाउँपालिकामा ५ हजार व्यक्तिहरुले बीमा गरेको जिल्ला संयोजक ध्रुव हमालले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।

समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँत्र (Universal Health Coverage, UHC) प्राप्ती तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्