Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
कला र मनोरन्जन

सनम कठायत र ममता ओलीको ‘अन्तै मायाँ सटयौ’ सार्वजनिक

१६ मंसिर २०८१, आईतवार १३:२२

काठमाडौं। चर्चित मोडल सनम कठायत र ममता ओलीको अभिनय रहेको नयाँ गीत ‘अन्तै मायाँ सटयौ’ जी मिडिया कनेक्सनको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।

झागें धिमालको शब्द रहेको गीतमा सौगात जंग थापाले संगीत भरेका छन् भने चर्चित गायिका रोजिना बस्नेत स्वर रहेको छ। उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, ममतासहित अन्जु खड्का र सौगात जंग थापाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

उक्त म्युजिक भिडियोमा सनम कठायतको अन्य भिडियो भन्दा फरक भूमिका देखिएका छन्। गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ । सुजन श्रेष्ठले भिडियोको छायांकन गरेका हुन् भने मिन रावलको सम्पादन रहेको छ । उक्त भिडियोलाई सिर्जन बराल(ऋषि)ले  निर्देशन गरेको छन् ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्