Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘पुष्पा: ३’ को पहिलो पोस्टर सार्वजनिक

१९ मंसिर २०८१, बुधबार ०४:४९

मुम्बई।अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २:द रुल’लाई लिएर निरन्तर चर्चा भइरहेको छ ।

फ्यानहरू फिल्मको प्रतिक्षामा छन् । चलचित्र ‘पुष्पा: द राइज’ को पहिलो भाग सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्म पछि अल्लु अर्जुन र रश्मिका मन्डनाका फ्यानहरू ‘पुष्प:२’ को प्रतिक्षामा छन् ।

‘पुष्पा: २’ को प्रमोशनका क्रममा फिल्मका निर्माताहरूले ‘पुष्पा: ३’ को पहिलो पोस्टरको झलक देखाउन यस्तो गल्ती गरेका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वास्तवमा, फिल्मका निर्माताहरूले स्टुडियोबाट आफ्नो तस्विर सेयर गरेका छन्। ‘पुष्पा: ३’ को पोस्टरको पहिलो झलक यो तस्विरको पछाडि देखिन्छ ।

अल्लु अर्जुनको ‘पुष्पा ३’ को नाम ‘पुष्पा: ३ द र्याम्पेज’ हो । जसमा जबरदस्त ड्रामा, दमदार एक्सन र पुष्पाको यात्राको अन्तिम अध्याय देख्न सकिनेछ । पुष्पाको पहिलो झलक: ३ द र्‍याम्पेज सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । अल्लु अर्जुन र रश्मिका मन्डन्नाका फ्यानहरूले पोस्टरलाई निकै मन पराइरहेका छन् ।

पुष्पा: २ लाई सुकुमारले निर्देशन गरेका हुन् । अल्लु अर्जुन र रश्मिकासँगै फहद फासिल महत्वपूर्ण भूमिकामा देखिनेछन् । पहिलो फिल्म ‘पुष्पा: द राइज’ ले अल्लु अर्जुनले निर्वाह गरेको पुष्पाको निडर र उग्र चरित्रको परिचय दर्शकलाई गराएको थियो । अब पुष्प २: द रुलको कथाले नयाँ उचाइमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्