Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

रामचन्द्र काफ्लेको ‘ओई सुवा’ सार्वजनिक

२६ मंसिर २०८१, बुधबार ०९:३६

काठमाडौं।  गायक रामचन्द्र काफ्लेको अनु चौधरीसँगको नयाँ यूगल गीत ‘ओई सुवा, ओई बाज’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

धनगढी महोत्सवमा एक कार्यक्रम माझ सार्वजनिक गरिएको उक्त गीतका गीतकार मंगल जयगडी रहेका छन् भने यसका संगीतकार राजेश कैदी रहेका छन् ।

यस गीतमा संगीत व्यवस्थापन (एरेन्ज) संगीतकार शिशिर साधकले गरेका छन् । म्युजिक भिडियोमा पार्श्व संगीत किरण तुलाधरले दिएका छन् ।

मिलन शंकरद्वारा छायांकन गरिएको म्युजिक भिडियोको सम्पादन नहकुल खड्काले गरेका छन् । वरिष्ठ निर्देशक विभोर पोखरेलद्वारा निर्देिशत यस गीतको म्युजिक भिडियोमा वरिष्ठ कलाकार सुनिल थापाका साथै रिमा विश्वकर्मा, विवेक पौडेल, निकेन महर्जन तथा नवोदित चरित्र अभिनेता मीरेश अधिकारीको उत्कृष्ट अभिनय छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्