Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘पुष्पा २’ ले झन् धमाका मच्चायो, हालसम्मको कमाइ कति ?

२ पुष २०८१, मंगलवार ०९:५१

नयाँ दिल्ली। दक्षिण भारतीय स्टार र अल्लु अर्जुनको फिल्म पुष्पा २ ले बक्स अफिसमा कमाइको आँधी नै ल्याएको छ । फिल्मले धमाधम रेकर्डतोड कमाई गरिरहेको छ ।

रिलिजको दोस्रो सप्ताहन्तसम्म फिल्मले विश्वभरमा १४०० करोड भारुभन्दा धेरै कमाएको छ । फिल्मको विशेष शोका क्रममा भएको घटनाको मामिलामा अल्लु पक्राउ परेपछि फिल्मको कमाई प्रभावित हुने बताइएको थियो । तर ट्रेड एक्सपर्टहरूले भने अरु नै कुरा बताइरहेका छन् ।

१३ डिसेम्बरमा सन्ध्या थिएटरमा फिल्मको विशेष प्रिमियरमा भागदौडको क्रममा एक महिलाको मृत्यु भएको थियो भने महिलाको नाबालक छोरा आईसीयूमा पुगेका छन् । यस घटनाका कारण फिल्मको कमाई घट्ने अनुमान गरिएको थियो । तर आँकडा यसको ठिक उल्टो आएको छ । अल्लु पक्राउ पर्नु अनि उनको रिहाइपछि आएको नयाँ आकडाले यो घटनाले फिल्मले झनै फाइदा पाएको देखाएको छ ।

सोमबार ११ दिनमा भारतमा फिल्मले ७६ करोड ६० लाख भारु कमाएको थियो । योसँगै फिल्मको कमाई ९०२ करोड १० लाख भारु पुगेको छ । विदेशमा फिल्मको ११ दिनमा १४०० करोड भारु नाघेको फिल्मका मकरहरूले बताएका छन् । फिल्म छिट्टै १५०० करोड पार गर्ने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्