Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
कला र मनोरन्जन

‘पुष्पा २’ ले झन् धमाका मच्चायो, हालसम्मको कमाइ कति ?

२ पुष २०८१, मंगलवार ०९:५१

नयाँ दिल्ली। दक्षिण भारतीय स्टार र अल्लु अर्जुनको फिल्म पुष्पा २ ले बक्स अफिसमा कमाइको आँधी नै ल्याएको छ । फिल्मले धमाधम रेकर्डतोड कमाई गरिरहेको छ ।

रिलिजको दोस्रो सप्ताहन्तसम्म फिल्मले विश्वभरमा १४०० करोड भारुभन्दा धेरै कमाएको छ । फिल्मको विशेष शोका क्रममा भएको घटनाको मामिलामा अल्लु पक्राउ परेपछि फिल्मको कमाई प्रभावित हुने बताइएको थियो । तर ट्रेड एक्सपर्टहरूले भने अरु नै कुरा बताइरहेका छन् ।

१३ डिसेम्बरमा सन्ध्या थिएटरमा फिल्मको विशेष प्रिमियरमा भागदौडको क्रममा एक महिलाको मृत्यु भएको थियो भने महिलाको नाबालक छोरा आईसीयूमा पुगेका छन् । यस घटनाका कारण फिल्मको कमाई घट्ने अनुमान गरिएको थियो । तर आँकडा यसको ठिक उल्टो आएको छ । अल्लु पक्राउ पर्नु अनि उनको रिहाइपछि आएको नयाँ आकडाले यो घटनाले फिल्मले झनै फाइदा पाएको देखाएको छ ।

सोमबार ११ दिनमा भारतमा फिल्मले ७६ करोड ६० लाख भारु कमाएको थियो । योसँगै फिल्मको कमाई ९०२ करोड १० लाख भारु पुगेको छ । विदेशमा फिल्मको ११ दिनमा १४०० करोड भारु नाघेको फिल्मका मकरहरूले बताएका छन् । फिल्म छिट्टै १५०० करोड पार गर्ने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्