Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

विवाह बन्धनमा बाँधिए अदिति र सिद्धार्थ

१ आश्विन २०८१, मंगलवार ०५:५२

एजेन्सी। बलिउड अभिनेत्री अदिति राव हैदर र अभिनेता सिद्धार्थ वैवाहिक  बन्धनमा बाँधिएका छन् ।तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका हुन् ।

विवाह समारोहमा परिवारका सदस्यहरु मात्र सहभागी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहपछि दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।सन्‌ २०२१ मा एक फिल्ममा काम गरेपछि सिद्धार्थ र अदिति नजिकिएका थिए ।

सिद्धार्थ र अदितिले सन्‌ २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

अदिति शाही परिवारसँग सम्बन्धित छिन्, अदितिको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो। अदिति हैदराबादकी निजाम थिइन् । साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरेकी थिइन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागिन् । उनले पहिलो पटक सन्‌ २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्