Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

फिल्म ‘कल्ली’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित

१ आश्विन २०८१, मंगलवार ०६:०६

ठमाडौं। फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। पौराणिक कथामा निर्माण हुन लागेको सो फिल्म उनी अनुबन्धित भएका हुन् । तर उनको भूमिकाबारे निर्माण टोलीले खुलाएको छैन । उनलाई फिल्मको शीर्ष भूमिका निभाउने छन् । उनीसहित फिल्ममा चार जना कलाकारको शीर्ष भूमिका रहनेछ ।

किरण नेपालीको निर्माण रहने सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन्। साउनमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल समाविष्ट चरित्र पोस्टर सार्वजनिक गरेको थियो। सिनेमामा सौगात भित्रिएसँगै धेरैले पल बाहिरिएको हुन सक्ने अनुमानलाई निर्माता नेपालीले सत्य नभएको भन्दै अस्वीकार गरेका छन्। उनले आफ्नो सिनेमामा चार जना अभिनेता रहने र त्यसमध्येका एक अभिनेता सौगात भएको स्पष्टीकरण दिएका छन्।

नेपालीले यस्तो स्पष्टीकरण दिए पनि पल र बेनिशा समाविष्ट चरित्र पोस्टर सिनेमा ‘कल्ली’ नाम फेसबुकबाट गायब रहेको छ। फेसबुकबाट सो पोस्टर हटाइनुले पल शाहलाई सिनेमाबाट हटाइएको आशंकामा थप बलपुगेको छ।

फिल्मलाई लक्ष्मण सुनारले लेखन तथा निर्देशन गर्दैछन्। रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ। तिहारपछि छायांकन सुरू गर्ने योजनाका साथ तयारी भइरहेको जनाइएको छ। छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए। फिल्म आगामी चैतको २९ गते रिलिज गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्