Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

फिल्म ‘कल्ली’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित

१ आश्विन २०८१, मंगलवार ०६:०६

ठमाडौं। फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। पौराणिक कथामा निर्माण हुन लागेको सो फिल्म उनी अनुबन्धित भएका हुन् । तर उनको भूमिकाबारे निर्माण टोलीले खुलाएको छैन । उनलाई फिल्मको शीर्ष भूमिका निभाउने छन् । उनीसहित फिल्ममा चार जना कलाकारको शीर्ष भूमिका रहनेछ ।

किरण नेपालीको निर्माण रहने सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन्। साउनमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल समाविष्ट चरित्र पोस्टर सार्वजनिक गरेको थियो। सिनेमामा सौगात भित्रिएसँगै धेरैले पल बाहिरिएको हुन सक्ने अनुमानलाई निर्माता नेपालीले सत्य नभएको भन्दै अस्वीकार गरेका छन्। उनले आफ्नो सिनेमामा चार जना अभिनेता रहने र त्यसमध्येका एक अभिनेता सौगात भएको स्पष्टीकरण दिएका छन्।

नेपालीले यस्तो स्पष्टीकरण दिए पनि पल र बेनिशा समाविष्ट चरित्र पोस्टर सिनेमा ‘कल्ली’ नाम फेसबुकबाट गायब रहेको छ। फेसबुकबाट सो पोस्टर हटाइनुले पल शाहलाई सिनेमाबाट हटाइएको आशंकामा थप बलपुगेको छ।

फिल्मलाई लक्ष्मण सुनारले लेखन तथा निर्देशन गर्दैछन्। रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ। तिहारपछि छायांकन सुरू गर्ने योजनाका साथ तयारी भइरहेको जनाइएको छ। छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए। फिल्म आगामी चैतको २९ गते रिलिज गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्