Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

रामचरण स्टारर ‘गेम चेन्जर’ ट्रेलर सार्वजनिक

१९ पुष २०८१, शुक्रबार ०६:४६

काठमाडौं। राम चरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’को ट्रेलर सार्वजनिक भएको छ । हैदराबादमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक एसएस राजामौलीले ट्रेलर सार्वजनिक गरे ।

शंकर निर्देशित यस फिल्मलाई सन् २०२५ को बहुप्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । ट्रेलरमा एक्सन, इमोसन, ड्रामाजस्ता मनोरञ्जनात्मक तत्व सामेल छन् ।

फिल्ममा रामचरण बाबुछोराको दोहोरो भूमिकामा देखिनेछन् । ट्रेलरमा रामचरण आईएएस अफिसरको रोलमा छन् । उक्त पात्र मानिसलाई होर्डिङको पासोमा नपर्न आग्रह गर्दै गरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ । त्यसपछि रामचरण धेरै भूमिकामा चित्रण छन् । भ्रष्ट मुख्यमन्त्रीविरुद्ध एक्सन लिएको दृश्यपछि कथावस्तु गहिराइमा अघि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्