Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

मेरो इमान खोसिएको छ-प्रकाश सपुत

२२ पुष २०८१, सोमबार १४:१०

कठमाडौं। अभिनेता, गायक, संगीतकार तथा निर्देशक प्रकाश सपुतले आफ्नो प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वसन्त’ को फर्स्ट लूक पोस्टर सार्वजनिक गर्दै आइतवार राति एउटा लामो स्टाटस लेखे ।

प्रकाश भने फिल्म ‘वसन्त’को काममा व्यस्त छन् । ‘वसन्त’ सपुतको लेखन, निर्देशन र अभिनय रहेको फिल्म हो । फिल्मका कारण सपुतले एक वर्षदेखि नयाँ गीत निकालेका छैनन् । देश तथा विदेशका कार्यक्रममा सहभागी भएको समेत देख्न सकिन्न । उनलाई लाग्छ, आफूबाट ‘वसन्त’ ले धेरै कुरा खोसेको छ ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एउटा पोस्टर शेयर गर्दै यो फिल्मले सङ्गीतबाट कमाएको साथीभाइ, स्टेजदेखि भोक निन्द्रा सबै खोसेको उल्लेख गरेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ को प्रदर्शनमा समय दिन नपाएको प्रसङ्ग समेत निकाल्दै उनले स्ट्याटसमा लेखेका छन् । ‘सबैभन्दा महत्त्वपूर्ण योजना विपरीत बिचमा एउटा चलचित्रको प्रदर्शनमा मैले समय दिन नपाएपछि केही शुभेच्छुकहरूको नजरबाट मेरो इमान खोसेको छ । यसबाहेक भोक खोसेको छ । निद्रा खोसेको छ र म भित्रको एक शान्त मानिस खोसेको छ । तर, एकवारको जुनीमा आफ्नै सपनाको यो हद छोएकोमा म दंगदास छु । उसै पनि मलाई विश्वास छ ‘वसन्त’ मार्फत नै समयले खोसिएका सबै फेरि फिर्ता दिनेछ ।’

प्रकाश फेसबुकमा लेख्छन्- ‘मैले वसन्तमा म भित्रका सबै रंगहरू पोखेको छु। यदि वसन्त तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ। यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो। मेरो सीमितता यहीसम्म हो। मैले यहाँभन्दा थप केही जान्दिनँ, यसो भनौं, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, वसन्त जति। मलाई विश्वास छ, वसन्तले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ।’

फिल्ममा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादे लगायत कलाकारहरूको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्