Trending
म्युजिक भिडियो कलाकार सङ्घको वार्षिक क्यालेन्डर विमोचन     |     डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त     |     किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |    
कला र मनोरन्जन

स्वस्तिमा र निश्चलको ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

४ आश्विन २०८१, शुक्रबार ०३:०६

४ असोज, काठमाडौँ। असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुबारेमा प्रकाश पारेको छ । ट्रेलर हेर्दा फिल्ममा विवाहको सामाजिक परम्परागत मान्यतालाई फिल्मले व्यङ्ग्य गरेको अनुमान गर्न सकिन्छ ।

३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ। परिवारले खोजेका कुनै पनि केटा मन नपरेपनि फिल्मकी मुख्यपात्र स्वस्तिमाले निश्चल बस्नेतलाई मन पराएकी छन् तर उसको अरुसँग प्रेम बसेको छ। यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नुपर्छ भन्ने चित्रण गरिएको छ। ट्रेलरमा संवादले दर्शकको मन जित्ने देखिन्छ।

फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। यो उनीहरूको डेब्यु निर्देशकिय फिल्म हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्