Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
कला र मनोरन्जन

एभरेष्ट ग्यालरीको सिरिज घोषण

१३ माघ २०८१, आईतवार ०४:३२

काठमाडौँ। एभरेष्ट ग्यालरीले समसामयिक सामाजिक कथामा नयाँ वेब सिरिज निर्माण गर्ने भएको छ।

काठमाडौँमा एक आयोजित कार्यक्रमा करिव ५० जना बढी नयाँ तथा पुराना कलाकारहरूको उपस्थितीमा कलाकार छौनोट तथा  वेब सिरिज विशेष छलफल कार्यक्रमसमेत सम्पन्न भएको थियो।

वेब सिरिजमा समग्र देशका कुना कन्दराका सामाजिक जनजीवन कथाहरु हुने छन भने वेब सिरिजको छाँयाकन र मुख्य कलाकारहरुको बारेमा  पत्रकारसम्मेलन गरि सार्वजनिक गरिने निर्मणपक्षले जनाएको छ ।

कलाप्रेमी केहि विशिष्ट व्यक्तिहरु समाजसेवी टेक बम,इन्जिनियर सुबाश तिमिल्सिना, उद्यमी विजय सापकोटा, इन्जिनियर क्षितिज चन्द, अमेरिका निवासी इन्जिनियर तिलक बम मल्लको विशेष उपस्थिती रहेको थियो । पहिलो चरणको छायांकन काभ्रे, काठमाडौ, डोटी र कर्णाली प्रदेशमा हुने एभरेष्ट ग्यालरीका प्रवन्ध निर्देशक तथा लोकप्रिय कलाकार सनम कठायतले जानकारी दिए।

कलाकारहरु छनौट अझै चलिरहेको र इच्छुक कलाकारहरुले एभरेष्ट ग्यालरी मा सम्पर्क गरेर टिममा आवद्ध भइ यो अवसरको सदुपयोग गर्न सकिने कुरा उक्त सिरिज व्यवस्थापक तथा एभरेष्ट ग्यालरीका म्यानेजर नमराज आचार्यले बताएका छन ।

उक्त वेब सिरिजमा अग्रज कलाकार देखि नयाँ पुस्ताका चर्चित कलाकरको अभिनय रहने छ । उक्त टेलिश्रृंखला सुजल बम (Sujal Bam-Deaf Artist)को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक हुने छ ।

प्रतिक्रिया दिनुहोस्