Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

एभरेष्ट ग्यालरीको सिरिज घोषण

१३ माघ २०८१, आईतवार ०४:३२

काठमाडौँ। एभरेष्ट ग्यालरीले समसामयिक सामाजिक कथामा नयाँ वेब सिरिज निर्माण गर्ने भएको छ।

काठमाडौँमा एक आयोजित कार्यक्रमा करिव ५० जना बढी नयाँ तथा पुराना कलाकारहरूको उपस्थितीमा कलाकार छौनोट तथा  वेब सिरिज विशेष छलफल कार्यक्रमसमेत सम्पन्न भएको थियो।

वेब सिरिजमा समग्र देशका कुना कन्दराका सामाजिक जनजीवन कथाहरु हुने छन भने वेब सिरिजको छाँयाकन र मुख्य कलाकारहरुको बारेमा  पत्रकारसम्मेलन गरि सार्वजनिक गरिने निर्मणपक्षले जनाएको छ ।

कलाप्रेमी केहि विशिष्ट व्यक्तिहरु समाजसेवी टेक बम,इन्जिनियर सुबाश तिमिल्सिना, उद्यमी विजय सापकोटा, इन्जिनियर क्षितिज चन्द, अमेरिका निवासी इन्जिनियर तिलक बम मल्लको विशेष उपस्थिती रहेको थियो । पहिलो चरणको छायांकन काभ्रे, काठमाडौ, डोटी र कर्णाली प्रदेशमा हुने एभरेष्ट ग्यालरीका प्रवन्ध निर्देशक तथा लोकप्रिय कलाकार सनम कठायतले जानकारी दिए।

कलाकारहरु छनौट अझै चलिरहेको र इच्छुक कलाकारहरुले एभरेष्ट ग्यालरी मा सम्पर्क गरेर टिममा आवद्ध भइ यो अवसरको सदुपयोग गर्न सकिने कुरा उक्त सिरिज व्यवस्थापक तथा एभरेष्ट ग्यालरीका म्यानेजर नमराज आचार्यले बताएका छन ।

उक्त वेब सिरिजमा अग्रज कलाकार देखि नयाँ पुस्ताका चर्चित कलाकरको अभिनय रहने छ । उक्त टेलिश्रृंखला सुजल बम (Sujal Bam-Deaf Artist)को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक हुने छ ।

प्रतिक्रिया दिनुहोस्