Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

यस्तो छ ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’

४ आश्विन २०८१, शुक्रबार १३:४५

 काठमाडौँ। कलाकारद्वय दीपादीपकको फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक भएको छ।

‘ब्रेकअप सङ’ नाममा सार्वजनिक गीत रमाइलो खालको छ। ब्रेकअपपछि प्रेमिले प्रेमिकालाई पोखेको आक्रोश र गालीलाई गीतमा दर्शाइएको छ। प्रेमीकाले अर्कैसँग इन्गेजमेन्ट गरेपछिको माहोलबाट गीत सुरू हुन्छ।

यो गीतको शब्द संगीत र स्वर बालुल गिरीको हो । गीतमा महिलाको आवाज फिल्म निर्देशक दीपाश्री निरौलाले दिएकी छन् । गीतमा भूतपूर्व प्रेमी–प्रेमिकालाई ‘तँ’ भनेर सम्बोधन गरिएको छ । त्यहीकारण केहीले ‘योभन्दा उत्कृष्ट शब्द चयन हुन सक्ने’ तर्क गरेका छन् । बुधबार साँझ सार्वजनिक यस गीतले यो समाचार तयार पर्दासम्म १२ लाख ६२ हजारभन्दा बढी भ्युज पाएको छ ।

त्यसैगरि, मेक्सन गौडेल र सुरवीर पण्डित लगायतलाई पनि भिडिओमा देख्न सकिन्छ। ब्रेकअप मुड दर्शाउने गीतले प्रेमीले प्रेमिकाप्रति पोखेको रिष र आक्रोशलाई चित्रण गरेको छ। गीतको शब्ददेखि कलाकारको प्रस्तुति कमेडीखाले देख्न सकिन्छ।

दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपककै कथा, पटकथा र संवाद रहेको छ। फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्