Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला एक खेल अगावै अफगानिस्तानलाई

५ आश्विन २०८१, शनिबार ०२:२२

५ असोज, काठमाडौँ। अफगानिस्तानले ऐतिहासिक रुपमा पहिलो पटक दक्षिण अफ्रिका विरुद्धको सिरिज जितेको छ। अफगानिस्तानले पहिलो पटक ‘उच्च श्रेणी’ प्राप्त टोली विरुद्ध एक खेल अघिनै सिरिज जितेको हो।

हिजो शारजाहमा भएको दोस्रो खेलमा अफगानिस्तान एक सय ७७ रनले विजयी भयो । पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ११ रन बनाएको थियो । तीन सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ ओभर २ बलमा एक सय ३४ रनमा समेटियो ।

खेलको म्यान अफ द म्याच अफगानिस्तानका राशिद खान भए । पहिलो खेल अफगानिस्तानले छ विकेटले जितेको थियो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको यो पहिलो पटक हो । दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्