Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

अनामनगरको किम्ची रेस्टुरेन्टमा भव्य कार्यक्रमबीच “याद आएर हिजो” गीत सार्वजनिक

२८ माघ २०८१, सोमबार १३:२०

काठमाडौं। अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच “याद आएर हिजो” गीत सार्वजनिक गरिएको छ।

उक्त गीत V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो।

श्रीकृष्ण बम मल्लको शब्द/संगीत रहेको  गीतमा  हिमाल सागर र शान्ती श्री परियारको स्वर रहेको छ । भिडियोमा बिक्रम आचार्य, प्रेरणा आचार्य (मुन्नी), किरण केशी (राता मकै), शारदा गिरि (कालिबुडी)लगायत कलाकारको अभिनय रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार, संगीतकर्मी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गीतको भिडियो प्रदर्शन गरिँदा उपस्थित दर्शक भावुक बनेका थिए।

गीत सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रेम र विछोडको भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको भन्दै दर्शकहरूले तारिफ गरेका छन्।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्