Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

अनामनगरको किम्ची रेस्टुरेन्टमा भव्य कार्यक्रमबीच “याद आएर हिजो” गीत सार्वजनिक

२८ माघ २०८१, सोमबार १३:२०

काठमाडौं। अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच “याद आएर हिजो” गीत सार्वजनिक गरिएको छ।

उक्त गीत V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो।

श्रीकृष्ण बम मल्लको शब्द/संगीत रहेको  गीतमा  हिमाल सागर र शान्ती श्री परियारको स्वर रहेको छ । भिडियोमा बिक्रम आचार्य, प्रेरणा आचार्य (मुन्नी), किरण केशी (राता मकै), शारदा गिरि (कालिबुडी)लगायत कलाकारको अभिनय रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार, संगीतकर्मी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गीतको भिडियो प्रदर्शन गरिँदा उपस्थित दर्शक भावुक बनेका थिए।

गीत सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रेम र विछोडको भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको भन्दै दर्शकहरूले तारिफ गरेका छन्।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्