Trending
बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |     स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा     |     दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा…     |     केनिशलाई स्वर्ण     |    
खेलकुद

एन्फा महिला लिगमा पुलिस र संकटा विजयी

५ आश्विन २०८१, शनिबार १३:५७

५ असोज,काठमाडौँ। नाइजेरियन स्ट्राइकर टेमिलोप जेनिफरको चार गोल प्रेरणामा संकटा क्लवले शनिवार जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरणको यात्रा कायमै राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जितसँगै शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कायमै राखेको हो।

दशरथ रंगशालामै शनिवार भएको दोस्रो खेलमा सम्झना लावतीको गोलमा नेपाल पुलिस क्लबले पनि वालिङ नगरपालिकामाथि २–० को जित निकाल्यो। जितसँगै पुलिस सात खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा यथावत् छ। समान खेलबाट वालिङ १२ अंकसहित चौथो स्थानमै छ। यो हारपछि वालिङले शीर्ष पाँचका लागि अंकदूरी बढाउने अवसर गुमायो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । दोस्रो हाफमा भने पुलिसले दुई गोल गर्यो । ६७औं मिनेटमा पुलिस अग्रता बनाउन सफल भयो । निरु थापाको क्रसमा सम्झनाले दुई डिफेन्डरलाई छक्याउँदै गरेको ओभर हेड प्रहार वालिङकी गोलकिपर राधिका ओलीले भेट्टाउन सकिनन् । विदेशी खेलाडीको राम्रो साथ पाएको वालिङ खेलमा फर्कन संघर्ष गरिरहेको थियो । तर, इन्जुरी समयमा उल्टै गोल सामना गर्यो ।

निर्मल उपाध्यायले लेफ्ट साइडबाट गरेको क्रस बललाई वालिङका डिफेन्डरले क्लियर गर्न सकेनन् । उक्त बल नियन्त्रण लिँदै सम्झनाले गोल गरिन् । यससँगै पुलिसले बलियो टोली वालिङमाथि २–० को महत्वपूर्ण जित रच्यो । त्यसअघि संकटा जितसँगै सात खेलबाट आठ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानको कोशीभन्दा संकटा दुई अंकले पछि छ ।

कोशीले पनि सात खेलबाट १० अंक जोडेको छ । सातै खेलमा पराजित सुदूरपश्चिम अंकविहीन रहँदै पुछारमा छ । संकटाको जितमा जेनिफरले ह्याट्रिकसहित चार गोल पूरा गरिन् । ममता पुन र पूर्णीमा हमालले समान एक गोल थपिन् । खेलको चौथो मिनेटमै जेनिफरको गोलमार्फत संकटाले अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्