Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
कला र मनोरन्जन

गुलाम अलिको गीत ‘गाजलु ती ठुला ठुला आँखा’को भिडियो सार्वजनिक

९ फाल्गुन २०८१, शुक्रबार ०५:५९

काठमाडौं। नेपाली सङ्गीतको इतिहासमा विशेष स्थान राख्ने कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’को नयाँ भिडियो सार्वजनिक भएको छ ।

उस्ताद गुलाम अलिको सुमधुर स्वरमा सजिएको यो गीतलाई म.वि.वि. शाह (स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाह) ले रचना गरेका हुन् भने सङ्गीत दीपक जङ्गमले दिएका छन् ।

यो गीत पहिलो पटक २०४२ साल (सन् १९८५) मा रेकर्ड गरिएको थियो । उस्ताद गुलाम अलिले नेपाल भ्रमणका क्रममा चार वटा गीत रेकर्ड गरेका थिए, जसमा ‘गाजलु ती ठुला ठुला आँखा’ पनि समावेश थियो । तीन दिनको अवधिमा रेडियो नेपालको स्टुडियोमा यो गीत रेकर्ड गरिएको थियो ।

हालै, म्युजिक नेपालले क्रिएटिभ आवर प्रोडक्सन र ड्याड प्रोडक्सनको सहकार्यमा यस गीतको नयाँ भिडियो निर्माण गरी सार्वजनिक गरेको हो । यसको भिडियोमा शङ्कर श्रेष्ठ र अञ्जना बराइलीले अभिनय गरेका छन् । यसको भिडियोको अवधारणा तयार र निर्देशन सुब्रत आचार्यले गरेका हुन् भने छायाङ्कन उत्सव दाहालले गरेका छन् । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

हेयर र मेकअपको जिम्मेवारी सुप्रिया आर.एल. शाहले सम्हालेकी छन् भने स्टाइलिङ आशिम रानाभाटले गरेका छन् । प्रोडक्सन डिजाइनरको रूपमा दिपेन्द्र गौतम ‘माइकल’ले काम गरेका छन् भने सहायक निर्देशक साईब्रत आचार्यले भिडियोको समन्वयमा भूमिका निर्वाह गरेका छन्, क्रिएटिभ निर्देशन जया शर्माले गरेकी छन् ।

‘गाजलु ती ठुला ठुला आँखा’ गीतले नेपाली सङ्‌गीतप्रेमीहरूको मनमा विशेष स्थान बनाएको छ । यस गीतको लोकप्रियता नेपालमा मात्र सीमित नभई छिमेकी मुलुकहरूमा पनि फैलिएको छ । पाकिस्तानी गायिका सारा राजा खानले पनि यो गीत गाएर सामाजिक सञ्जालमा चर्चा पाएकी थिइन् ।

यस गीतको नयाँ भिडियोले पुरानो सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेको छ । सङ्गीतप्रेमीहरूले यो भिडियो म्युजिक नेपालको आधिकारिक च्यानलमा हेर्न सक्नेछन् ।

भिडियो:

 https://youtu.be/FvGqeHYN3HA

 

प्रतिक्रिया दिनुहोस्