Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक

६ आश्विन २०८१, आईतवार १२:५५

६ असोज, काठमाडौं। एआई र रोबोटिक्समा आधरित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ।

बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

‘अब हामी सावर्नी युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ। छोराछोरी, बाबुआमा, हजुरबा हजुरआमा मोबाइलबिना खाना खानै नसक्ने अवस्था छ,’ पुस्तकबारे डा. समीरले भने, ‘हामीलाई एआईले नियन्त्रण गरिरहेको छ। कुनै लेख लेख्नुपर्यो च्याट जिपिटी छ । हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ।’

यही  विषयलाई डा. खनालले मीठो भाषा शैलीमा लेखेको डा. समिरले बताए। उनले यो उपन्यास चिकित्सकले लेखेजस्तो नलाग्ने समेत बताए। उनले भने, ‘यो पुस्तक राम्रो लेखकले नै लेखेजस्तो छ।’

डा. समीरले थप भने, ‘एआईले हामीलाई शाषण गर्न सुरू गरिसकेको छ। यस आक्रमणबाट बालबालिकालाई बचाउने तरीकाको लागि यो किताब उपयुक्त छ।’

लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन्। ‘सावर्णि’मा डा. खनालको अध्ययनको फैलावट समेत देखिएको बताइन्।

उनले भनिन्, ‘यो किताब हामी हामी लोप भइसकेपछिको कथा हो। यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ।’ शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन्।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ। सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ।’

प्रतिक्रिया दिनुहोस्