Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक

६ आश्विन २०८१, आईतवार १२:५५

६ असोज, काठमाडौं। एआई र रोबोटिक्समा आधरित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ।

बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

‘अब हामी सावर्नी युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ। छोराछोरी, बाबुआमा, हजुरबा हजुरआमा मोबाइलबिना खाना खानै नसक्ने अवस्था छ,’ पुस्तकबारे डा. समीरले भने, ‘हामीलाई एआईले नियन्त्रण गरिरहेको छ। कुनै लेख लेख्नुपर्यो च्याट जिपिटी छ । हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ।’

यही  विषयलाई डा. खनालले मीठो भाषा शैलीमा लेखेको डा. समिरले बताए। उनले यो उपन्यास चिकित्सकले लेखेजस्तो नलाग्ने समेत बताए। उनले भने, ‘यो पुस्तक राम्रो लेखकले नै लेखेजस्तो छ।’

डा. समीरले थप भने, ‘एआईले हामीलाई शाषण गर्न सुरू गरिसकेको छ। यस आक्रमणबाट बालबालिकालाई बचाउने तरीकाको लागि यो किताब उपयुक्त छ।’

लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन्। ‘सावर्णि’मा डा. खनालको अध्ययनको फैलावट समेत देखिएको बताइन्।

उनले भनिन्, ‘यो किताब हामी हामी लोप भइसकेपछिको कथा हो। यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ।’ शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन्।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ। सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ।’

प्रतिक्रिया दिनुहोस्