Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा

२१ फाल्गुन २०८१, बुधबार १०:३१

काठमाडौँ।  नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा एउटा गीतको निकै नै चर्चा भइरहेको छ। करोडौ दर्शकले मन पराएका गायक समीर आचार्य यतिबेला निकै नै चर्चाका चुलीमा परेका छन्।

समय सापेक्ष गाउने गायक समिर आचार्य यतिबेला ब्लक हान गीतबाट चर्चा बटुलिरहेका छन्। म्युजिक भिडियो बलिउड स्टाइलको बनेको छ। गायक समीर भन्छन् म कुनै पनि गीतमा कम्प्रमाइज र भिडियोमा कम्प्रमाइज नगर्ने गायक हुँ l पिचरोड गीतबाट चर्चा कमाएका गायक समिर आचार्य विदेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गर्ने श्रष्टा हुन्।

उनी भन्छन् मेरो नयाँ गीत ब्लक हानले दर्शक श्रोताको मन जित्न सफल हुनेछ। लामो समयको अन्तरालपछि दर्शक माझ फेरि पनि उनी चर्चा बटुल्न सफल भएका छन्। शब्द संगीत गायन स्वयंको रहेको छ। म्युजिक भिडियो ब्लक हान भने चर्चित कोर्योग्राफर/ डिरेक्टर बद्री बिष्टको रहेको छ।

छायांकनमा र सम्पादन पवन सुस्लिङ रहेको छ। म्युजिक भिडियो ब्लक हान बद्रि बिष्ट सुनिल क्षेत्री र सलिना खत्री को अभिनय रहेको छ । सोही म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्