Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा

२१ फाल्गुन २०८१, बुधबार १०:३१

काठमाडौँ।  नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा एउटा गीतको निकै नै चर्चा भइरहेको छ। करोडौ दर्शकले मन पराएका गायक समीर आचार्य यतिबेला निकै नै चर्चाका चुलीमा परेका छन्।

समय सापेक्ष गाउने गायक समिर आचार्य यतिबेला ब्लक हान गीतबाट चर्चा बटुलिरहेका छन्। म्युजिक भिडियो बलिउड स्टाइलको बनेको छ। गायक समीर भन्छन् म कुनै पनि गीतमा कम्प्रमाइज र भिडियोमा कम्प्रमाइज नगर्ने गायक हुँ l पिचरोड गीतबाट चर्चा कमाएका गायक समिर आचार्य विदेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गर्ने श्रष्टा हुन्।

उनी भन्छन् मेरो नयाँ गीत ब्लक हानले दर्शक श्रोताको मन जित्न सफल हुनेछ। लामो समयको अन्तरालपछि दर्शक माझ फेरि पनि उनी चर्चा बटुल्न सफल भएका छन्। शब्द संगीत गायन स्वयंको रहेको छ। म्युजिक भिडियो ब्लक हान भने चर्चित कोर्योग्राफर/ डिरेक्टर बद्री बिष्टको रहेको छ।

छायांकनमा र सम्पादन पवन सुस्लिङ रहेको छ। म्युजिक भिडियो ब्लक हान बद्रि बिष्ट सुनिल क्षेत्री र सलिना खत्री को अभिनय रहेको छ । सोही म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्