Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘होस्टेल ३’को अहिलेसम्मको कमाई कति ?

१ चैत्र २०८१, शुक्रबार ०७:१८

काठमाडौं। गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् ।

सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ । ‘होस्टेल ३’ चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए ।

“हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ । वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,” कँडेलले बताए । उनका अनुसार यस चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ ।

यस चलचित्रलाई काठमाडौंमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन् । तीन नयाँ नेपाली चलचित्रहरू रिलिजका बाबजुद पनि हलहरूमा ‘होस्टेल ३’को अधिक मात्रा शो कटौती भएका छैनन् । कतिपय हलहरूमा नयाँ चलचित्रहरूको भन्दा ‘होस्टेल ३’को शो बढी रहेका छन् ।

यसैबीच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ, जहाँ दर्शकहरूको उपस्थिति व्यापक देखिएको छ ।

‘नन होलिडे’ रिलिजमा समेत दर्शकहरू हलमा उर्लिएका छन् । युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ । डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

यस चलचित्रमा माधव शर्माले पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

प्रतिक्रिया दिनुहोस्