Trending
एमालेको प्रतिक्रिया: वंशगत शासनको बहस हास्यास्पद     |     राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित     |     दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन     |     सरकारका गतिविधि जनतामुखी हुनुपर्छ: सांसद उर्मिला अर्याल     |     सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग     |     मनाङमा ४६ विद्यार्थीले एसइई दिने     |     एमाले सचिवालय बैठक जारी     |     देउवाले डाके पदाधिकारी बैठक     |     राष्ट्रियसभा बैठक सुरु     |     चलचित्र ‘कर्मा’: नयाँ स्टोरी र एक्सन जनरामा फरक प्रस्तुति, कलाकारहरूले बताए अनौठो अनुभव     |    
कला र मनोरन्जन

‘होस्टेल ३’को गीत ‘रक अन’ इन्टरनेटमा रिलिज, दोस्रो शनिवार पनि आक्रामक रह्यो व्यापार

३ चैत्र २०८१, आईतवार ०४:५७

काठमाडौं। गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए ।

यस गीतमा ‘होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ । एरेन्ज योगेश काजीले गरेका छन् ।

‘होस्टेल ३’ले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो । यो चलचित्र हाल नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ भने नेपालीहरूको बसोबास रहने प्राय: सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले बताए । इमिरेट्स, बहराइन, कतार तथा अस्ट्रेलियाबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ ।

गत बिहीबार रिलिज भएयता ‘होस्टेल ३’को व्यापारको रफ्तार गजबको देखिएको छ । दोस्रो हप्ताको शनिवार पनि चलचित्रको व्यापारमा कुनै कमी नआएको निर्देशक कँडेलले बताए । ‘हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिवार त झनै व्यापक माहौल देखियो,” कँडेलले भने ।

यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

यस चलचित्रमा माधव शर्माको पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

भिडियो : 

प्रतिक्रिया दिनुहोस्