Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

भूठानले फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने

७ चैत्र २०८१, बिहीबार ०९:३०

काठमाडौं। आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको चलचित्र भूठानले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ ।

यही सिलसिलामा पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत्र ८ गते साँझ ५ः३० मा हुन लागेको हो । यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत,कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन्। हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रुपमा निमन्त्रणा गरिनेछ ।

यो हप्ता कवि एवं संचारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथीको रुपमा अन्तिममा आफ्नो प्रस्तुती दिनेछन्। कार्यक्रममा उपस्थित मध्य ३ जनाले लक्की ड्रमार्फत सोही कार्यक्रममै भूठानको टिकट पनि जित्नेछन्।

चलचित्रका एक निर्माता अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्नु , सिनेमाको बारेमा गफ गर्दै मनोरञ्जन गर्नु रहेको छ । थापाका अनुसार मार्च २० तारिखलाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय खुशी दिवसको रुपमा मनाउँदै आएको छ र सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुशीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो  ।

चलचित्र भूठान विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेका हुन् भने यसमा हरिवंश आचार्य,दयाहाङ राई,पुजा चन्द,रिचा घिमिरे,अदिती प्याकुरेल,जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्