Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

नयाँ नेपाली चलचित्र ‘बिगुल’ घोषणा, नरेन खड्का मुख्य भूमिकामा

१३ चैत्र २०८१, बुधबार ०६:५४

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो । बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ ।

अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लो ‘बाह्र गाउँ’मा देखिएका थिए । चलचित्र ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा आएका हुन् । ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जितिसकेका छन् ।

अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’ मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ । निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ ।

यो चलचित्रलाई निर्देशन रमेश कोइरालाले गर्नेछन् । उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन् ।

एमजीपी ब्यानरमा निर्माण हुने चलचित्रको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन् । चलचित्रको छायांकन नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्त गरी सुरु गरिने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्