Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

बालबालिकामा डिजिटल कुलतको गम्भीर प्रभाव दर्साउने ‘झिल्को’को पोस्टर सार्वजनिक

३१ चैत्र २०८१, आईतवार १०:४०

काठमाडौं। आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् ।

तर, यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ ।

पारिवारिक आत्मीयता कमजोर, बच्चालाई चुप राख्न डिजिटल ग्याजेट दिने बानी र बालबालिका र अभिभावकबिच प्रविधिको प्रयोगबारे बुझाइ फरक हुने भएकाले आपसी झगडा वा दूरी बढ्ने समस्या पनि पछिल्लो समय घातक रूपमा देखिन थालेको छ । यसले बालबालिकाको शिक्षामा प्रभाव देखिने, सामाजिक सम्बन्धहरू कमजोर हुने तथा संवेदनशीलता हराउने खतरा हुन्छ ।

वैशाख १९ गते रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’ले यही संवेदनशील विषय उठान गरेको छ । हालै, यसको पोस्टर सार्वजनिक गरिएको छ, जहाँ स्कुले पोसाकमा एक बालिका हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ, भने पछाडि एक वृद्ध पुरुषको भावुक अनुहार देख्न सकिन्छ । यसले चलचित्रको कथा पुस्तान्तरण, प्रविधिको कुलत र त्यसले निम्त्याउने पारिवारिक टकराबलाई सङ्केत गर्छ ।

प्रविधि आफैँ खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश बोकेको यो चलचित्रले एक बालिकाको डिजिटल लतको यात्रा भन्ने निर्देशक यादवकुमार भट्टराईले बताए । यसअघि ऐतिहासिक तथा सामाजिक सन्देशमूलक चलचित्र ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईले अभिभावक, शिक्षक, नीति निर्माता र सम्पूर्ण समाज मिलेर बालबालिकालाई डिजिटल कुलतबाट जोगाउनु आजको आवश्यकता रहेका कारण चलचित्रको माध्यमबाट आफूले कथा भन्न खोजेको बताए ।

मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा.लि. को प्रस्तुति रहेको । यसका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य,  रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् भने जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्