Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

गायक मोहन नेपालीको “पार्यो हल्लीचल्ली” सार्वजनिक

२७ बैशाख २०८२, शनिबार १२:००

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रलाई झनै रंगीन बनाउने उद्देश्यले गायक मोहन नेपालीको आवाजमा रहेको नयाँ गीत “पार्यो हल्लीचल्ली” आज शनिबार सार्वजनिक गरिएको छ।

भिडियोमा निशाना राई, गंगाराम श्रेष्ठ, आभास नेपाली र रोबन मगर को आकर्षक अभिनय देख्न पाइनेछ। भिडियोलाई डाइरेक्टर विशाल बराल ले निर्देशन गरेका हुन् भने क्यामेरामेन दुर्गा श्रेष्ठ को छायांकनले दृश्यलाई थप जीवन्त बनाएको छ।

गीतमा नृत्य संयोजन दिलिप राई द्वारा गरिएको छ, जुन दर्शकको मन छुने खालको छ। भिडियोको सम्पादन र मेकअप अनिशा नानु द्वारा गरिएको छ। भिडियोको रंग संयोजन भने अनिल बिष्ट प्युठानी ले गरेका छन्, जसले गीतलाई आकर्षक र आधुनिक बनाएको छ।

उक्त गीत शंकरा स्टुडियो मा रेकर्ड गरिएको हो र अनिल बिष्ट प्युठानी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतका प्रोड्युसर गंगाराम श्रेष्ठ र निशाना राई हुन्, जसले नेपाली सांगीतिक क्षेत्रमा नवप्रतिभा र नयाँ सिर्जनालाई प्रोत्साहन दिएका छन्।

गीतको संगीत, निर्देशन, अभिनय, र सम्पादनको समिश्रणले गर्दा “पार्यो हल्लीचल्ली” गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्