Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

गायक मोहन नेपालीको “पार्यो हल्लीचल्ली” सार्वजनिक

२७ बैशाख २०८२, शनिबार १२:००

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रलाई झनै रंगीन बनाउने उद्देश्यले गायक मोहन नेपालीको आवाजमा रहेको नयाँ गीत “पार्यो हल्लीचल्ली” आज शनिबार सार्वजनिक गरिएको छ।

भिडियोमा निशाना राई, गंगाराम श्रेष्ठ, आभास नेपाली र रोबन मगर को आकर्षक अभिनय देख्न पाइनेछ। भिडियोलाई डाइरेक्टर विशाल बराल ले निर्देशन गरेका हुन् भने क्यामेरामेन दुर्गा श्रेष्ठ को छायांकनले दृश्यलाई थप जीवन्त बनाएको छ।

गीतमा नृत्य संयोजन दिलिप राई द्वारा गरिएको छ, जुन दर्शकको मन छुने खालको छ। भिडियोको सम्पादन र मेकअप अनिशा नानु द्वारा गरिएको छ। भिडियोको रंग संयोजन भने अनिल बिष्ट प्युठानी ले गरेका छन्, जसले गीतलाई आकर्षक र आधुनिक बनाएको छ।

उक्त गीत शंकरा स्टुडियो मा रेकर्ड गरिएको हो र अनिल बिष्ट प्युठानी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतका प्रोड्युसर गंगाराम श्रेष्ठ र निशाना राई हुन्, जसले नेपाली सांगीतिक क्षेत्रमा नवप्रतिभा र नयाँ सिर्जनालाई प्रोत्साहन दिएका छन्।

गीतको संगीत, निर्देशन, अभिनय, र सम्पादनको समिश्रणले गर्दा “पार्यो हल्लीचल्ली” गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्