Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
कला र मनोरन्जन

पोखरामा पूजापछि ‘शिवांश: च्याप्टर–१’ को सुटिङ सुरु, राजनराज र न्ह्यूको संगीत

३० बैशाख २०८२, मंगलवार १०:०३

काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु भएको छ । पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी चलचित्रको छायांकन सुरु भएको हो ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा छ । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । निर्माता पनि उनी स्वयं हुन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

केही समय अगाडि निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका थिए । उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको पोस्टरमा उल्लेख थियो ।

सिनेमाको कथाबारे निर्माणपक्षले हालसम्म केही पनि जानकारी दिएको छैन । असोज २४ गते रिलिज हुने चलचित्रमा बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । चलचित्रमा संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।

चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन् । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरीको रहनेछ ।

विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुनेछन् । कस्ट्युम कमल मिश्रको हुनेछ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको रहनेछ ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहने सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहने चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् । चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्