Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’

९ आश्विन २०८१, बुधबार ०९:३२

काठमाडौं । २०७९ सालको दशैंमा हलमा रिलिज भएको फिल्म ‘प्रेमगीत ३’ नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । सबै देशबाट दर्शकले नेपाली भाषामा यो फिल्म हेर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङको शीर्ष भूमिका रहेको यस फिल्म पहिलो पटक भारतमा पनि प्रदर्शन भएको थियो । यो चलचित्रमा प्रदीप र  क्रिस्टिनासहित शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका छन् ।

यस चलचित्रमा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ । प्रेम शुभ ज्योतिषीय समयमा जन्मिएका थिए र भविष्यमा राजा हुने भविष्यवाणी गरिएको थियो । तर, यी सबैको बीचमा उनी आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीसँग जुध्न बाध्य हुन्छन्, जुन थियो उनको प्रेम ।

‘प्रेम गीत ३’ रिलिजसँगै सिनेमाघर एपले नयाँ ठूलो अपडेट ल्याएको छ, जसअनुसार यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्महरूमा रहेकोमा अब चलचित्रहरू ल्यापटप र डेस्कटपमा वेब ब्राउजर मार्फत पनि हेर्न सकिनेछ । साथै, फोनपे क्युआर कोड मार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ ।

प्रेम गीत सार्वजनिकसँगै सिनेमाघर एपले नयाँ फिचर ल्याएको छ । यसअघि सिनेमाघरका सामाग्री मोबाइल र स्मार्ट टिभीमा मात्रै हेर्न सकिन्थ्यो । अब ल्यापटप र डेस्कटपबाट वेब ब्राउजरमार्फत सिनेमाघरका सामाग्री हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्