Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
कला र मनोरन्जन

‘महाभोज’ को ट्रेलरले मच्चायो तहल्का, विदेशमा पनि रिलिजको माग बढ्यो

६ जेष्ठ २०८२, सोमबार ०९:१०

काठमाडौं। दिनेश राउतद्वारा निर्देशित बहु प्रतीक्षित चलचित्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ ।

सार्वजनिक भएको तीन घण्टामै ट्रेन्डिङ सुरु गरेको यो ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ र हालसम्म करिब ५ लाख पटक हेरिसकिएको छ । दर्शकहरूबाट “यथार्थको अनुभूति दिलाउने,” “भावनालाई छोएको” र “समाजका पीडित पक्षलाई न्यायोचित आवाज दिएको” भन्दै व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् ।

ट्रेलरको लोकप्रियतासँगै विदेशमा पनि चलचित्र रिलिजको माग बढ्न थालेको छ । यसअघि नै जापान, मध्यपूर्व र अस्ट्रेलियामा रिलिज हुने तय भएको ‘महाभोज’ अब बेलायत र कोरियामा पनि प्रदर्शन हुने भएको छ । निर्देशक दिनेश राउतले अन्य धेरै देशबाट पनि चलचित्र रिलिजका लागि माग आइरहेको जानकारी दिए ।

‘महाभोज’ को ट्रेलरले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि पीडित भएकाहरूको कारुणिक कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ । ट्रेलरमा सहकारी पीडितहरूको पीडा, जागिरेहरूको मनोव्यथा र राजनीतिक चलखेल गर्नेहरूको कथालाई मार्मिक ढङ्गले देखाइएको छ ।

हिमाल कडरिया निर्माता रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको प्रस्तुति हो । विकास सुवेदीले लेखेको ‘महाभोज’ जेठ १५ गते नेपालसँगै विश्वका अन्य केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्