Trending
गायक पशुपति शर्मा सवार कार दुर्घटना     |     कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य     |     कर्णाली सरकारले अनुगमन इकाई गठन गरेर सुशासनमा जोड     |     नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट     |     सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल     |     यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?     |     देशका केही भागमा भारी वर्षाको सम्भावना     |     सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा     |     नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल     |     दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा     |    
कला र मनोरन्जन

‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ घोषणा, पुस्तान्तरणको द्वन्द्वलाई पर्दामा उतार्ने तयारी

८ जेष्ठ २०८२, बुधबार ०९:३८

काठमाडौं – नेपाली चलचित्र क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ ।

चलचित्र टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा गरेको छ, जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ ।

यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए । चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ भनेर चित्रण गरिएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन् । नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए ।

चलचित्रले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।

यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो । ‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ ।

यस चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । चलचित्रको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्