Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
खेलकुद

थाइल्याण्ड भ्रमणका लागि नेपाली महिला फुटबल टोली घोषणा

१० जेष्ठ २०८२, शुक्रबार १०:१८

काठमाडौँ। थाइल्याण्ड भ्रमणका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको २३ सदस्यीय अन्तिम सूची सार्वजनिक गरिएको छ। प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार टोलीको घोषणा गरेका हुन्। नेपाली टोलीले थाइल्याण्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपाल र थाइल्याण्डबीच पहिलो खेल मे ३० मा ‘क्लोज डोर’ रूपमा हुनेछ भने दोस्रो खेल २ जुनमा दर्शकसहितको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ।

यी खेलहरू आगामी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएका छन्। खेलपछि नेपाली टोली उज्बेकिस्तान जानेछ, जहाँ समूह ‘एफ’ अन्तर्गत लाओस, श्रीलंका र आयोजक उज्बेकिस्तानविरुद्ध खेल्नेछ। समूह विजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कपमा स्थान बनाउनेछ।

घोषित टोली:
गोलकिपर: अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर: अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर: अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड: सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रतिक्रिया दिनुहोस्