Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी

११ जेष्ठ २०८२, शनिबार ११:०६

काठमाडौं। दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ उच्च अकुपेन्सीमा चलिरहेको छ । शुक्रबारबाट यो सिनेमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

पहिलो हप्ताभन्दा दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई दर्शकको उच्च साथ मिलेको छ । शुक्रबार अधिकांश शो हाउसफुल भएका थिए । आज पनि अधिकांश शोमा अकुपेन्सी उच्च रहेको छ ।

“आज पनि अहिलेसम्म अग्रिम बुकिङबाटै अकुपेन्सी उच्च देखिएको छ । डोरसेलसहित गरेर अधिकांश शो हाउसफुल भइरहेका छन्,” वितरक करण श्रेष्ठले भने ।

सकारात्मक वर्ड अफ माउथका कारण दर्शकको संख्या बढेको निर्माणपक्षले बताएको छ । दर्शकले ‘के घर के डेरा ः घर नं २’ आफ्ैले देखेको र भोगेको कथा भएको बताएका छन् ।

आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ ।

‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्