Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी

११ जेष्ठ २०८२, शनिबार ११:०६

काठमाडौं। दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ उच्च अकुपेन्सीमा चलिरहेको छ । शुक्रबारबाट यो सिनेमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

पहिलो हप्ताभन्दा दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई दर्शकको उच्च साथ मिलेको छ । शुक्रबार अधिकांश शो हाउसफुल भएका थिए । आज पनि अधिकांश शोमा अकुपेन्सी उच्च रहेको छ ।

“आज पनि अहिलेसम्म अग्रिम बुकिङबाटै अकुपेन्सी उच्च देखिएको छ । डोरसेलसहित गरेर अधिकांश शो हाउसफुल भइरहेका छन्,” वितरक करण श्रेष्ठले भने ।

सकारात्मक वर्ड अफ माउथका कारण दर्शकको संख्या बढेको निर्माणपक्षले बताएको छ । दर्शकले ‘के घर के डेरा ः घर नं २’ आफ्ैले देखेको र भोगेको कथा भएको बताएका छन् ।

आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ ।

‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्