Trending
केही भूभागमा भारी वर्षाको सम्भावना     |     बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?     |     गायक पशुपति शर्मा सवार कार दुर्घटना     |     कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य     |     कर्णाली सरकारले अनुगमन इकाई गठन गरेर सुशासनमा जोड     |     नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट     |     सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल     |     यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?     |     देशका केही भागमा भारी वर्षाको सम्भावना     |     सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा     |    
कला र मनोरन्जन

‘महाभोज’ प्रचारका लागि ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक

१२ जेष्ठ २०८२, आईतवार ०५:०१

काठमाडौं। यही जेठ १५ गते बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । रिलिजको केही दिन मात्र बाँकी रहँदा चलचित्र यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ ।

शनिवार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई चलचित्रको कथावस्तुबारे जानकारी गराइएको छ । चलचित्रका निर्माता अनुसार यो अभियान चलचित्र रिलिजसम्म काठमाडौंका विभिन्न स्थानहरूमा दैनिक रूपमा सञ्चालन हुनेछ ।

सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबिचको कथालाई प्रस्तुत गरेका छन् । चलचित्रको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखक सरिता कठायत हुन् ।कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन् । नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको थियो भने नाटक प्रस्तुति शुभआकाश टिमले गरेको हो ।

दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्ने चलचित्र हो । यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई समेटिएको छ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिका रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्