Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

वरुण चौधरीको कान्स फिल्म फेस्टिभलमा गौरवपूर्ण सहभागिता

१३ जेष्ठ २०८२, सोमबार ०७:४८

फ्रान्स। सिनेमा सर्कल नेपालको संरक्षक तथा चौधरी ग्रुपका प्रवन्ध निर्देशक वरुण चौधरीले यस वर्षको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएका छन्।

फ्रान्स–नेपालको एलजी सिने सर्कल अवार्डको आयोजक संस्था सिनेमा सर्कल नेपालमार्फत उनले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचान विस्तारको उद्देश्यसहित उपस्थित जनाएका हुन्।

सामाजिक सञ्जालमार्फत चौधरीले भनेका छन्, “कान्समा हुनु केवल उपस्थितिको कुरा थिएन, यो उद्देश्यको विषय थियो। कान्स त्यो मञ्च हो, जहाँ संस्कृति, सिर्जनशीलता र प्रभाव एकत्रित हुन्छन्।” उनले सशक्त कथाहरूले भविष्य निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाली सिनेमा विश्वमञ्चमा पुर्‍याउन निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे।

नेपालको सिर्जनात्मक क्षमतालाई विश्वसामु प्रस्तुत गर्न पाउँदा गर्व लागेको चौधरीले बताए। साथै, नेपाली फिल्मले ‘दिल र उद्देश्य’का साथ दिएको सन्देशलाई उजागर गर्ने प्रतिबद्धता पनि इन्स्टाग्राममार्फत व्यक्त गरे।

उनी श्रीमती अनुश्री चौधरीसँगै उक्त भव्य समारोहमा सहभागी भएका थिए। फेस्टिभलमा अभिनेता प्रदीप खड्का तथा फिल्म ‘एक्लो’का निर्माता प्रदीप शाहीले पनि सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्