Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

अनु चौधरीको ‘बाबुजी’ सार्वजनिक

१८ जेष्ठ २०८२, शनिबार ०९:३२

काठमाडौं । अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ ।

उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।

विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, गायिका चौधरीले भने । उहाँका थुप्रै गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएका छन् ।

आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका चौधरीले बताउनुभयो । थारु गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि गाउनुभएको छ ।

अनुले नेपाली चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँले मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गर्नुभएको छ । कोरियोग्राफरमा पनि कुशल अनु हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित हुनुभएको छ । उहाँले हालै अवार्ड पनि पाउनुभएको थियो ।

अनुले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि राख्नुभएको छ । उनले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा बाट विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्