Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

रियाल मड्रिड फेरि पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब

१९ जेष्ठ २०८२, आईतवार ०३:५२

काठमाडौँ। रियाल मड्रिडले लगातार चौथो वर्ष विश्वकै सबैभन्दा धनी फुटबल क्लबको उपाधि कायम राखेको छ।

फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पत्ति ६.६ अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गर्दै रियाल एकै सिजनमा एक अर्ब डलर कमाउने पहिलो क्लब पनि बनेको छ।

फोर्ब्सको सूचीमा समान सम्पत्तिसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ, जसले सोही सिजनमा ८३ करोड ४० लाख डलर आम्दानी गरेको थियो।

तेस्रोदेखि दशौं स्थानसम्म क्रमशः बार्सिलोना, लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पीएसजी) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्