Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
खेलकुद

रियाल मड्रिड फेरि पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब

१९ जेष्ठ २०८२, आईतवार ०३:५२

काठमाडौँ। रियाल मड्रिडले लगातार चौथो वर्ष विश्वकै सबैभन्दा धनी फुटबल क्लबको उपाधि कायम राखेको छ।

फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पत्ति ६.६ अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गर्दै रियाल एकै सिजनमा एक अर्ब डलर कमाउने पहिलो क्लब पनि बनेको छ।

फोर्ब्सको सूचीमा समान सम्पत्तिसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ, जसले सोही सिजनमा ८३ करोड ४० लाख डलर आम्दानी गरेको थियो।

तेस्रोदेखि दशौं स्थानसम्म क्रमशः बार्सिलोना, लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पीएसजी) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्