Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आइपिएल दोस्रो क्वालिफायरमा आज पञ्जाब र मुम्बई आमनेसामने

१९ जेष्ठ २०८२, आईतवार ०३:५४

काठमाडौँ। भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो क्वालिफायरको खेल हुँदैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

यस महत्त्वपूर्ण खेलमा पञ्जाब किङ्स र मुम्बई इन्डियन्स भिड्दै छन् । पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँग हार बेहाेरेपछि पञ्जाबले फाइनल पुग्ने ​दोस्रो मौका पाएको हो ।

मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई हराएर दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुनिश्चित गरेको थियो । पहिले नै फाइनलमा प्रवेश गरिसकेको बेंगलुरुले विजेतासँग मंगलबार सोही मैदानमा उपाधि जित्ने ठूलो लडाईंमा सामना गर्नेछ । त्यसैले आजको खेलले मात्र फाइनलको बाटो तय गर्नेछ ।

यस सिजनको लिग चरणमा पञ्जाब र मुम्बईबीच भएको एकमात्र खेलमा पञ्जाबले मुम्बईलाई ८ विकेटले सहजरूपमा पराजित गरेको थियो । त्यसैले आजको भिडन्तमा पञ्जाब आफ्नो जितलाई दोहोर्याउन खोज्नेछ । मुम्बई आज त्यसको बदला लिएर फाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

आइपिएलको यो निर्णायक खेलमा दुवै टिमका मुख्य खेलाडीको प्रदर्शन र रणनीतिले ठूलो भूमिका खेल्नेछ, जसले दर्शकलाई उत्कृष्ट क्रिकेटको अनुभव दिनेछ ।

प्रतिक्रिया दिनुहोस्