Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

आइपिएल दोस्रो क्वालिफायरमा आज पञ्जाब र मुम्बई आमनेसामने

१९ जेष्ठ २०८२, आईतवार ०३:५४

काठमाडौँ। भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो क्वालिफायरको खेल हुँदैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

यस महत्त्वपूर्ण खेलमा पञ्जाब किङ्स र मुम्बई इन्डियन्स भिड्दै छन् । पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँग हार बेहाेरेपछि पञ्जाबले फाइनल पुग्ने ​दोस्रो मौका पाएको हो ।

मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई हराएर दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुनिश्चित गरेको थियो । पहिले नै फाइनलमा प्रवेश गरिसकेको बेंगलुरुले विजेतासँग मंगलबार सोही मैदानमा उपाधि जित्ने ठूलो लडाईंमा सामना गर्नेछ । त्यसैले आजको खेलले मात्र फाइनलको बाटो तय गर्नेछ ।

यस सिजनको लिग चरणमा पञ्जाब र मुम्बईबीच भएको एकमात्र खेलमा पञ्जाबले मुम्बईलाई ८ विकेटले सहजरूपमा पराजित गरेको थियो । त्यसैले आजको भिडन्तमा पञ्जाब आफ्नो जितलाई दोहोर्याउन खोज्नेछ । मुम्बई आज त्यसको बदला लिएर फाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

आइपिएलको यो निर्णायक खेलमा दुवै टिमका मुख्य खेलाडीको प्रदर्शन र रणनीतिले ठूलो भूमिका खेल्नेछ, जसले दर्शकलाई उत्कृष्ट क्रिकेटको अनुभव दिनेछ ।

प्रतिक्रिया दिनुहोस्