Trending
सहमतिपछि पनि यातायात व्यवसायीले चलाएनन् गाडी     |     काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन     |     दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त     |     राष्ट्र बैंक गभर्नर नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइयो     |     प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित     |     कान्तिलोकपथ चार दिन बन्द हुने     |     चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त     |     ग्लेन म्याक्सवेलको एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा     |     २१ औँ संस्करणको ‘नेपाल परेड डे’ कार्यक्रम कोलोराडोमा सम्पन्न     |     सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार?     |    
खेलकुद

ग्लेन म्याक्सवेलको एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा

२० जेष्ठ २०८२, सोमबार ०७:०६

एजेन्सी। अस्ट्रेलियाका प्रसिद्ध अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय (ओडीआइ) क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सोमबार एक पोडकास्टमार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन्।

म्याक्सवेलले सन् २०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका थिए। उनले हालसम्म १४९ एकदिवसीय खेल खेल्दै ३,९९० रन बनाएका छन्। यस अवधिमा उनले ७७ विकेट लिएका छन् भने ९१ क्याचसमेत गरेका छन्। उनको ब्याटिङ औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० रहेको छ।

एकदिवसीय करिअरमा उनले चार शतक र एक दोहोरो शतकसमेत प्रहार गरेका छन्। उनले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप अस्ट्रेलियालाई जिताउन योगदान दिएका थिए। विशेषगरी सन् २०२३ को विश्वकपमा अफगानिस्तानविरुद्ध २०१ रनको अविजित पारी उनले खेलेका थिए।

पोडकास्टमा बोल्दै म्याक्सवेलले भने, “मैले चयन समिति अध्यक्ष जर्ज बेलीसँग राम्रो छलफल गरें। हामीले सन् २०२७ को विश्वकपबारे कुरा गर्यौं। मलाई त्यो विश्वकप खेल्ने जस्तो लाग्दैन, अब मेरो स्थानमा नयाँ खेलाडीलाई मौका दिने समय आएको छ।”

तर म्याक्सवेल टी-२० क्रिकेट भने खेलिरहने छन्। उनले सन् २०२१ मा अस्ट्रेलियाका लागि टी-२० विश्वकप पनि जितेका थिए।

प्रतिक्रिया दिनुहोस्