Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘लाज शरणम्’ निर्माण टिमले गर्यो १०१ औं दिनको उपलक्ष्यमा विद्यालयलाई सहयोग

२६ जेष्ठ २०८२, आईतवार ११:०५

काठमाडौं। चलचित्र ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ ।

‘लाज शरणम्’ टिमले  सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो ।

मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

“सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र लाज शरणम्को गौरवमय १०१ औं दिनको उपलक्ष्यमा हामीले विद्यार्थीहरुलाई सहयोग रहेका छौँ । यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतार सिटीलाई धन्यवाद दिन्छु,” निर्माता श्रेष्ठले भने, “हामी आगामी दिनमा पनि यस्तो सहयोग गर्दै जानेछौँ । सामाजिक काममा सहकार्य गर्दै जानेछौँ ।”

कुमार कट्टेलको निर्देशन रहेको चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको १००औँ दिन मनाइसकेको छ । काठमाडौंका दुईवटा सिनेमाहलमा प्रदर्शनको १०१ दिन मनाएको हो ।

शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा प्रदर्शनको १०१ दिन मनाएको हो ।

चलचित्र ‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि १०१ दिन मनाउने पहिलो चलचित्र हो ।

‘लाज शरणम्’मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायत लगायतको अभिनय छ । यो चलचित्रमा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । राम नरेश शाह र सिर्जना खड्का सह–निर्माता रहेका छन् ।

आफूले बनाएको चलचित्रले १०१ दिन मनाएपछि निर्माता श्रेष्ठले पहिलो चलचित्रमा दर्शकले दिएको माया र हौसलाले थप उत्साही बनाएको बताएका छन् ।

निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ चलचित्र निर्माण गर्ने तयारी समेत गरेका छन् । उक्त चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन् । वसन्त निरौलाले निर्देशन गर्ने तय भएको छ । उक्त चलचित्र आगामी भदौ आसपासमा छायांकन गर्ने तयारी गरिएको उनले बताए ।

यस्तै निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ पनि निर्माणको तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्