Trending
महानगरका पूर्व अधिकृत परियारसहित ७ जनालाई अख्तियारको भ्रष्टाचार अभियोग     |     अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन     |     टुनल्याण्ड जी सेभेनले २३ दिनमै नेपालका ८ दुर्गम स्थानमा पुगेर बनायो विश्व कीर्तिमान     |     एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक     |     आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग     |     ‘महाराजधिराज’मा उषा रजक अनुबन्धित, बलियो स्टारकास्ट     |     ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनमा सिद्धुको पुनरागमन     |     ‘मिरमिरे’मा दयाहाङपछि प्रकाशको इन्ट्री     |     आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना     |     आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने     |    
कला र मनोरन्जन

‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक

२७ जेष्ठ २०८२, सोमबार ०७:४३

काठमाडौं। चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् ।

निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ ।

कसैले आश्वासन दिएर धोका दिएपछिको तनाव हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर यसबारे निर्माणपक्षले प्रष्ट पारेको छैन । बेनिशाका रोल र चलचित्रको कथाबारे विस्तारै खुलाउँदै जाने निर्माणपक्षले जनाएको छ ।

पोस्टरले कतै यो सिनेमाले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने संकेत गरेको छ । तर, प्रष्ट छैन ।

गत बिहीबारबाट यो सिनेमाको छायांकन सुुरु भइसकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने चलचित्रको छायाकंन तालिका २० दिनको छ ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरिरहेका छन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो ।

चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।

‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीको हुनेछ ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्