Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनमा सिद्धुको पुनरागमन

२८ जेष्ठ २०८२, मंगलवार ०७:०१

काठमाडौं। कपिल शर्माको टिमले टेलिभिजन विश्रामपछि नेटफ्लिक्समार्फत सञ्चालन गर्दै आएको ‘द ग्रेट इन्डियन कपिल शो’ अब तेस्रो सिजनमा प्रवेश गर्न लागेको छ। जुन २१ मा नयाँ सिजनको पहिलो एपिसोड सार्वजनिक हुनेछ।

यो शो ‘कमेडी नाइट्स विथ कपिल’को विस्तारित संस्करण हो, जसमा कपिल स्वयं होस्ट छन् र अर्चना पूरण सिंह जजको भूमिकामा छिन्। नेटफ्लिक्सले सार्वजनिक गरेको नयाँ प्रचार सामाग्री अनुसार, यस सिजनमा नवजोत सिंह सिद्धु पुनः जजको भूमिकामा फर्कनेछन्। तर अर्चनाको स्थान यथावत रहने बताइएको छ।

सिद्धु २०१९ मा पुलवामा घटनामा दिएको विवादास्पद अभिव्यक्तिपछि च्यानलको दबाबमा शोबाट बाहिरिएका थिए। त्यसपछि अर्चनाले उनको स्थान लिएकी थिइन्।

सिद्धु अनुपस्थित भए पनि दर्शकहरूमा उनको माग निरन्तर रहँदै आएको थियो। अब पुनरागमनको खबरले शोका फ्यानहरू उत्साहित भएका छन्। अब शोमा अर्चना र सिद्धु दुवैजना जजको रुपमा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्