Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनमा सिद्धुको पुनरागमन

२८ जेष्ठ २०८२, मंगलवार ०७:०१

काठमाडौं। कपिल शर्माको टिमले टेलिभिजन विश्रामपछि नेटफ्लिक्समार्फत सञ्चालन गर्दै आएको ‘द ग्रेट इन्डियन कपिल शो’ अब तेस्रो सिजनमा प्रवेश गर्न लागेको छ। जुन २१ मा नयाँ सिजनको पहिलो एपिसोड सार्वजनिक हुनेछ।

यो शो ‘कमेडी नाइट्स विथ कपिल’को विस्तारित संस्करण हो, जसमा कपिल स्वयं होस्ट छन् र अर्चना पूरण सिंह जजको भूमिकामा छिन्। नेटफ्लिक्सले सार्वजनिक गरेको नयाँ प्रचार सामाग्री अनुसार, यस सिजनमा नवजोत सिंह सिद्धु पुनः जजको भूमिकामा फर्कनेछन्। तर अर्चनाको स्थान यथावत रहने बताइएको छ।

सिद्धु २०१९ मा पुलवामा घटनामा दिएको विवादास्पद अभिव्यक्तिपछि च्यानलको दबाबमा शोबाट बाहिरिएका थिए। त्यसपछि अर्चनाले उनको स्थान लिएकी थिइन्।

सिद्धु अनुपस्थित भए पनि दर्शकहरूमा उनको माग निरन्तर रहँदै आएको थियो। अब पुनरागमनको खबरले शोका फ्यानहरू उत्साहित भएका छन्। अब शोमा अर्चना र सिद्धु दुवैजना जजको रुपमा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्