Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
कला र मनोरन्जन

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी

१ असार २०८२, आईतवार ११:३४

काठमाडौं। नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ ।

अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा यो चलचित्र प्रदर्शन हुने भएको छ, जबकि जापानमा यसको प्रदर्शन जारी नै छ । कोरियामा हिमालयन के-भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले रिलिज गरेको छ ।

‘महाभोज’को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिख, शनिवार पर्थमा सम्पन्न भइसकेको छ । अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ । यस्तै एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनको तयारी गरिरहेको छ, जसका लागि शो मितिहरू चाँडै घोषणा गरिने बताइएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ ले सहकारी ठगीको मारमा परेका परिवारको मर्मस्पर्शी कथालाई पर्दामा उतारेको छ । यसले समाजमा सहकारी ठगीले पारेको प्रभाव र त्यसबाट हरेक व्यक्ति कसरी प्रभावित हुन्छन् भन्ने विषयलाई मनोरञ्जनात्मक र भावनात्मक दुवै तरिकाले प्रस्तुत गरेको छ ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको सशक्त अभिनय रहेको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

नेपालमा शुक्रवार रिलिज भएको यस चलचित्रलाई देशभरिबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ, जसले यसको अन्तर्राष्ट्रिय प्रदर्शनलाई थप उत्साहजनक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्