Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी

१ असार २०८२, आईतवार ११:३४

काठमाडौं। नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ ।

अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा यो चलचित्र प्रदर्शन हुने भएको छ, जबकि जापानमा यसको प्रदर्शन जारी नै छ । कोरियामा हिमालयन के-भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले रिलिज गरेको छ ।

‘महाभोज’को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिख, शनिवार पर्थमा सम्पन्न भइसकेको छ । अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ । यस्तै एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनको तयारी गरिरहेको छ, जसका लागि शो मितिहरू चाँडै घोषणा गरिने बताइएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ ले सहकारी ठगीको मारमा परेका परिवारको मर्मस्पर्शी कथालाई पर्दामा उतारेको छ । यसले समाजमा सहकारी ठगीले पारेको प्रभाव र त्यसबाट हरेक व्यक्ति कसरी प्रभावित हुन्छन् भन्ने विषयलाई मनोरञ्जनात्मक र भावनात्मक दुवै तरिकाले प्रस्तुत गरेको छ ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको सशक्त अभिनय रहेको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

नेपालमा शुक्रवार रिलिज भएको यस चलचित्रलाई देशभरिबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ, जसले यसको अन्तर्राष्ट्रिय प्रदर्शनलाई थप उत्साहजनक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्