Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
कला र मनोरन्जन

लाइभ प्रस्तुतिको सय शृङ्खलासँगै आयो साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’

२ असार २०८२, सोमबार ११:४६

काठमाडौं। चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेस: द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् । यो विमोचन उनको १००औँ लाइभ प्रस्तुतिसँगै संयुक्त राज्य अमेरिकाको कोलोराडोमा सम्पन्न भएको हो ।

पुस्तक विमोचन समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका हस्ती एवं लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, ख्यातिप्राप्त सङ्गीतकार मनोजराज सिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

‘साईग्रेस: द स्टोरीटेलर’ पुस्तकले कथा वाचनको विश्वव्यापी इतिहासका साथै साईग्रेसका विश्वभरका प्रस्तुतिहरूका अविस्मरणीय क्षणहरूलाई प्रस्तुत गरेको छ । यसले उनको कथा वाचनले दर्शकहरूमा पारेको गहिरो प्रभावको पनि विश्लेषण गरेको छ । पुस्तकको एक प्रमुख आकर्षण उनको बहुचर्चित अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ हो, जुन युट्युबमा हालसम्म ६६ लाख पटक हेरिएको छ ।

पुस्तकमा साईग्रेसले आफ्नो कथा वाचन यात्राका व्यक्तिगत अनुभव र आत्म निरीक्षणहरूलाई पनि समेटेका छन् । उनले विभिन्न दर्शकहरूसँगको अन्तरक्रियाका मर्मस्पर्शी कथाहरू बाँडेका छन्, जसमा एक श्रोताले उनको एउटा कथा सुनेर आत्महत्याको विचार त्यागेर आशाको नयाँ किरण पाएको बताउँदाको शक्तिशाली क्षण पनि समावेश छ ।

यो प्रकाशनमार्फत साईग्रेसले आफ्नो कथा वाचकको रूपमा भएको व्यक्तिगत विकासलाई मात्र झल्काएका छैनन्, बरु जीवनलाई स्पर्श गर्ने र परिवर्तनलाई प्रेरित गर्ने कथा वाचनको परिवर्तनकारी शक्तिलाई पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्