Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘रामायण’को महत्त्वपूर्ण भूमिकाबाट किन पछि हटे जयदीप अहलावत?

१० असार २०८२, मंगलवार १२:२४

नयाँ दिल्ली। चर्चित निर्देशक नितेश तिवारीको निर्देशनमा निर्माणाधीन बहुप्रतिक्षित फिल्म रामायण भारतीय फिल्म उद्योगको एक ऐतिहासिक प्रोजेक्ट बन्ने संकेत देखिएको छ। रणवीर कपूर, साई पल्लवी र यश जस्ता स्टार कलाकारहरूको प्रमुख भूमिका रहेको यस फिल्मप्रति दर्शकको उत्सुकता चरममा छ।

फिल्ममा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता र दक्षिण भारतीय सुपरस्टार यश रावणको भूमिकामा देखिँदैछन्। यस्तै, फिल्ममा विभीषणको भूमिकाका लागि अभिनेता जयदीप अहलावतलाई अफर गरिएको थियो। तर, उनले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

एक अन्तर्वार्तामा जयदीपले स्पष्ट पारेका छन् कि उनी फिल्ममा काम गर्न इच्छुक भए पनि समयको अभावका कारण भूमिका स्वीकार गर्न नसकेको हो। फिल्मको स्क्रिप्ट अनुसार विभीषण र रावणबीचका धेरै दृश्यहरू सँगै खिचिनु पर्ने थियो। जयदीपले समय मिलाउन नसक्दा आफूले यो महत्वपूर्ण भूमिका छोड्नुपरेको बताए।

उनले भने, “रावणको भूमिकाका लागि जसले अभिनय गर्दै थिए, तिनसँग धेरै दृश्यहरू सँगै छायाङ्कन गर्नुपर्ने थियो। तर मेरो कार्यतालिका  भने  सम्भव भएन।”

जयदीपले फिल्मको निर्माण टोलीले रावणको भूमिकामा विशेष ध्यान दिएको र त्यस अनुसार छायाङ्कनको प्राथमिकता तय गरिएको पनि उल्लेख गरे।

निर्माण पक्षका अनुसार रामायण फिल्मलाई दुई भागमा बनाउने योजना छ। फिल्मको पहिलो भाग २०२६ को दिवालीमा र दोस्रो भाग २०२७ मा रिलिज गरिनेछ। नमित मल्होत्रा निर्माता रहेको यो फिल्म महाकाव्य स्केल र मेगा स्टारकास्ट सहितको ऐतिहासिक प्रयास हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्