Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘रामायण’को महत्त्वपूर्ण भूमिकाबाट किन पछि हटे जयदीप अहलावत?

१० असार २०८२, मंगलवार १२:२४

नयाँ दिल्ली। चर्चित निर्देशक नितेश तिवारीको निर्देशनमा निर्माणाधीन बहुप्रतिक्षित फिल्म रामायण भारतीय फिल्म उद्योगको एक ऐतिहासिक प्रोजेक्ट बन्ने संकेत देखिएको छ। रणवीर कपूर, साई पल्लवी र यश जस्ता स्टार कलाकारहरूको प्रमुख भूमिका रहेको यस फिल्मप्रति दर्शकको उत्सुकता चरममा छ।

फिल्ममा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता र दक्षिण भारतीय सुपरस्टार यश रावणको भूमिकामा देखिँदैछन्। यस्तै, फिल्ममा विभीषणको भूमिकाका लागि अभिनेता जयदीप अहलावतलाई अफर गरिएको थियो। तर, उनले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

एक अन्तर्वार्तामा जयदीपले स्पष्ट पारेका छन् कि उनी फिल्ममा काम गर्न इच्छुक भए पनि समयको अभावका कारण भूमिका स्वीकार गर्न नसकेको हो। फिल्मको स्क्रिप्ट अनुसार विभीषण र रावणबीचका धेरै दृश्यहरू सँगै खिचिनु पर्ने थियो। जयदीपले समय मिलाउन नसक्दा आफूले यो महत्वपूर्ण भूमिका छोड्नुपरेको बताए।

उनले भने, “रावणको भूमिकाका लागि जसले अभिनय गर्दै थिए, तिनसँग धेरै दृश्यहरू सँगै छायाङ्कन गर्नुपर्ने थियो। तर मेरो कार्यतालिका  भने  सम्भव भएन।”

जयदीपले फिल्मको निर्माण टोलीले रावणको भूमिकामा विशेष ध्यान दिएको र त्यस अनुसार छायाङ्कनको प्राथमिकता तय गरिएको पनि उल्लेख गरे।

निर्माण पक्षका अनुसार रामायण फिल्मलाई दुई भागमा बनाउने योजना छ। फिल्मको पहिलो भाग २०२६ को दिवालीमा र दोस्रो भाग २०२७ मा रिलिज गरिनेछ। नमित मल्होत्रा निर्माता रहेको यो फिल्म महाकाव्य स्केल र मेगा स्टारकास्ट सहितको ऐतिहासिक प्रयास हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्