Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

गायिका एलिना र समीक्षा विवादास्पद कमेन्ट सार्वजनिक गर्दै

१२ असार २०८२, बिहीबार १६:३७

काठमाडौं। लोकप्रिय गायिकाहरु एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आएका अश्लील र अपमानजनक कमेन्ट गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्न थालेका छन्।

आत्मसम्मानमा ठेस पुग्ने अभिव्यक्तिहरू सहन नसकेको बताउँदै उनीहरूले ती प्रयोगकर्ताहरूको कमेन्टसहितको विवरण सामाजिक सञ्जालमा राखेका हुन्। एलिना चौहानले कानुनी प्रक्रिया अघि बढाउने तयारीसमेत गरेकी छन्।

सामाजिक सञ्जालमै कतिपय प्रयोगकर्ताले माफी मागेका छन् भने केहीले गायिकाको कदमको समर्थन गरेका छन्। यद्यपि केहीले यस्तो कार्यलाई उचित नभएको टिप्पणी पनि गरेका छन्।

यसअघि अभिनेत्री ऋचा शर्मा र टिकटकर जोडी प्रिन्सी–प्रिज्मा खतिवडाले पनि अभद्र कमेन्ट सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्