Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

गायिका एलिना र समीक्षा विवादास्पद कमेन्ट सार्वजनिक गर्दै

१२ असार २०८२, बिहीबार १६:३७

काठमाडौं। लोकप्रिय गायिकाहरु एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आएका अश्लील र अपमानजनक कमेन्ट गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्न थालेका छन्।

आत्मसम्मानमा ठेस पुग्ने अभिव्यक्तिहरू सहन नसकेको बताउँदै उनीहरूले ती प्रयोगकर्ताहरूको कमेन्टसहितको विवरण सामाजिक सञ्जालमा राखेका हुन्। एलिना चौहानले कानुनी प्रक्रिया अघि बढाउने तयारीसमेत गरेकी छन्।

सामाजिक सञ्जालमै कतिपय प्रयोगकर्ताले माफी मागेका छन् भने केहीले गायिकाको कदमको समर्थन गरेका छन्। यद्यपि केहीले यस्तो कार्यलाई उचित नभएको टिप्पणी पनि गरेका छन्।

यसअघि अभिनेत्री ऋचा शर्मा र टिकटकर जोडी प्रिन्सी–प्रिज्मा खतिवडाले पनि अभद्र कमेन्ट सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्