Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट सुरु

१५ असार २०८२, आईतवार २१:१८

काठमाडौं। गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए ।

यसको लागि विस्तृत जानकारी सहितको ‘कास्टिङ कल’ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पुरुष र महिला दुवैका लागि फरक फरक उमेर र शारीरिक विशेषता भएका कलाकारको आवश्यकता परेको उल्लेख गरिएको छ ।

चलचित्रमा २० देखि २५ वर्ष उमेरका सबै समुदायका युवकहरू आवश्यक छन् । यस्तै, ४० वर्ष उमेरका सेमी मंगोलियन (मंगोल अनुहारका) र ४५ देखि ५० वर्ष उमेरका सबै पृष्ठभूमिका पुरुषहरूको माग गरिएको छ ।

त्यस्तै, महिला कलाकारतर्फ १७ वर्षकी मंगोलियन युवती, १९ वर्षकी सेमी मंगोलियन युवती, १८/१९ वर्षकी मंगोलियन र आर्यन युवती, ३५–४० वर्षकी आर्यन, सेमी मंगोलियन वा मंगोलियन महिला र ६० वर्षकी आर्यन महिलाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।

कलाकार छनोटका लागि अडिसन कार्यक्रम असार १६ गतेदेखि १८ गतेसम्म (सोमबारदेखि बुधवार) सञ्चालन हुनेछ । अडिसन प्रत्येक दिन दिउँसो १ बजेबाट ६ बजेसम्म नेपाल फिल्म कलेज, पिंगलास्थान, सिनामंगलमा सञ्चालन हुने बताइएको छ ।

इच्छुक कलाकारहरूले पोस्टरमा उल्लेख गरिएको QR कोड स्क्यान गरेर फारम भर्न सक्नेछन् । थप जानकारीका लागि इमेल ([email protected]) वा फोन (+९७७९७०८०२२२०९) मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ । निर्देशक पाण्डेले आफ्नो चलचित्रका लागि यथार्थपरक अनुहार र अभिनय क्षमता भएको नयाँ पुस्ताका कलाकारहरूलाई प्राथमिकतामा राखेका छन् ।

पाथीभरा इन्टरटेनमेन्ट र अक्टोवर स्टुडियोजको प्रस्तुति तथा ल्याक्सी श्रेष्ठ र शुभम भट्ट निर्माता रहेको चलचित्र ‘पारी बुटोल’ले नेपाली समाजका विविध पात्र र परिवेशलाई समेट्ने लक्ष्य लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्