Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

१६ असार २०८२, सोमबार १२:५६

काठमाडौं। चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु गर्नेछिन् ।

यो चलचित्र अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल शाह फिल्म्स’ मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो । अञ्जना पुन एक स्थापित मोडेल हुन् । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितेकी छिन् ।

सन् २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् । मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन् । उनले ‘बधाई तिमीलाई’, ‘ना छोएर यौवन काटियो’, ‘मायालाई पाको पात’, ‘आगो लाग्यो’, ‘१००% सही हो’, र ‘आँखैले बोलन’ जस्ता गीतहरूमा अभिनय गरिसकेकी छिन् ।

यीमध्ये केही गीतमा उनले पल शाहसँग पनि काम गरेकी थिइन् । अञ्जना पुन क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडर पनि हुन् ।

विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो चलचित्र दार्शनिक मेटामोडर्न सिनेमा र पारिवारिक ड्रामा को संयोजन हुनेछ । यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिनेछ । यो चलचित्र श्रावण महिनामा छायाङ्कनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन् ।

पल शाहको लागि यो चलचित्र निर्माण क्षेत्रमा उनको पहिलो कदम हो भने विकास सुवेदीका लागि पनि लेखकबाट निर्देशक बनेको यो पहिलो प्रयास हो । यस चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्