Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
खेलकुद

साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

१८ असार २०८२, बुधबार २०:३७

काठमाडौँ। उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ८–० गोलले हराएको हो । नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो ।

उक्त खेलमा पनि कप्तान साम्बाले एक्लै चार गोल गरेकी थिइन् । यता श्रीलङ्काले भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो गोलको हार ब्यहोरेको थियो ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्