Trending
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन     |     सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री     |     प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड संकलन     |     सरकारलाई सिकाउने सहसचिव निरौलालाई शव व्यवस्थापनको जिम्मा     |     प्रहरीको ‘स्ट्यान्ड टू’ अभ्यासपछि मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी     |     त्रिशुली ३ ए को टनेलभित्र फसेकाहरूलाई निकाल्न रातभर उत्खनन गरिने     |     प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने     |    
खोज अनुसन्धान

गुण्डा परिचालनगरि ४४ परिवारको जमिन कब्जा ?

२२ असार २०८२, आईतवार १५:३९

काठमाडौँ। नेपालमा पछिल्लो क्रममा साधारण जनताको जमिन उच्च घरानाले विभिन्न तिकडम गरी हडप्ने गरेका छन् । यसरी हडप्न उनीहरुलाई सरकारमा रहेका पार्टीका नेता, मन्त्री, प्रशासनले सहयोग गर्ने गरेका छन् ।

यस्तै घटना कास्कीको साविकको निर्मलपोखरी गाविस वडा नम्बर ६ फोक्सिङमा भएको छ । त्यहाँका ४४ परिवारको ९६ रोपनी जग्गा अहिले एमालेका नेताहरु राजेन्द्र आचार्य, टुकलाल अधिकारी, भुपराज पोख्रेल, इन्द्रमणि आचार्यले स्थानीय एमालेका स्थानीय गुण्डा प्रयोग गरी जालसाजी गरी नेपाल कम्युनिस्ट पाटी(माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्ण आचार्यको कम्पनीलाई बेचिदिएका छन् ।  यसरी षडयन्त्र गरी जमिन हडपिएकाहरुले विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

घटना यस्तो छ
२०५६ सालमा जापानी नागरिक हिरोशी हिडाईले विन कम्पनी खोली फोक्सिङमा जैविक कृषि फर्म, रिसोर्ट, अन्तर्राष्ट्रिय स्थापना गर्ने भनी वडा नम्बर ५ र ६ का किसानको ९६ रोपनी जमिन किनिएको थियो ।

उक्त जमिन किन्दा जग्गा बेच्ने किसानसँग १४ बुँदे सहमति गरिएको थियो । उक्त १४ बुँदेको बुँदा नम्बर १४ मा यदि ५ वर्ष भित्र विन कम्पनीले परियोजना शुरु गर्न सकेन भने किसानहरुसँग किपनएको मूल्यमा नै फिर्ता गर्ने भनिएको छ ।

विन कम्पमीका प्रोपाइटर हिरोशी हिडाईको मृत्यु भयो । त्यसपछि उनकी छोरीले काठमाडौं बसोबास गरेका पृथ्वी श्रेष्ठलाई उक्त जमिन सम्बन्धित किसानलाई फिर्ता गर्ने अधिकार सुम्पिदिएकी थिइन् । ती श्रेष्ठले आफ्नै तरिकाले उक्त जमिन बेच्दै छन् भन्ने थापा पाएपछि किसानहरुले कास्की अदालतमा जाहेरी दिएर बेच्न रोक लगाइएको थियो ।

तिनै किसान मध्येका राजेन्द्र आचार्य, टुकलाल अधिकारी, भुपराज पोख्रेल, इन्द्रमणि आचार्यले हामी नै वास्तविक किसान हौं । विन कम्पनी हाम्रो नाममा नामसारी गरिदिन पृथ्वी श्रेष्ठलाई एमाले गुण्डाहरु प्रयोग गरी दवाव दिएपछि नामसारी गरिदिएको पृथ्वी श्रेष्ठले भनेका छन् । ती ४ जनाको नाममा कम्पनी गएपछि कृष्ण आचार्यको नाममा उक्त कम्पनी ५५ प्रतिशत सेयर हस्तान्तरण गरिएको थियो ।

यस बीचमा पीडित अन्य ४० जना किसान स्थानीय प्रशासन, विभिन्न राजनैतिक पार्टीकोमा गुहार माग्न गएका थिए । त्यसैगरी उनीहरुले फोक्सिङको जमिन उपभोग गर्दै आएका छन् । तर उनीहरुसँग कानूनी अधिकार छैन ।

उनीहरुले विभिन्न प्रचारात्मक संघर्ष गर्दै आएका थिए । यति गर्दा पनि प्रशासनले कुनै सरोकार नदेखापछि असार २० गतेका दिन पीडित किसानहरुले पृथ्वी श्रेष्ठको निवास घेरेर आफ्नो जगा फिर्ता गरिदिन दवाव दिएका थिए । त्यस बखत पृथ्वीले “मैले राजेन्द्र आचार्य, कृष्ण आचार्यलगायतका किसानका रुपमा उपस्थित भएकालाई सबै किसानलाई उनीहरुको हकको जमिन फिर्ता गर्नु होला भनेको थिएँ । मलाई लागेको थियो उनीहरुले त्यसै गरे होलान् । तर उनीहरुले तपाईहरुको जमिन फिर्ता गरेन छन् ।”

उक्त घेराउमा फोक्सिङको किसानको जमिन फिर्ता गर्ने कागजको लेखापढी गरेका वकिल ज्ञानेन्द्र बहादुर कुँवरले पनि पृथ्वी सरले भनेको जस्तै सहमति भएको हो, उहाँहरुले बदमासी गर्नु भएछ भनेका थिए ।

पृथ्वी श्रेष्ठले पीडित किसानको सामुन्नेबाट कृष्ण आचार्यलाइृ फोन गर्दा उनले धम्कीको भाषामा जवाफ दिएका थिए । म यो कम्पनी बेच्दै छु ।यदि किसानले चलाउने हो भने मेरो बराबरको लगानी गर्नु प¥यो । नत्र चुप लागेर बसे हुन्छ । उनहिरुको केही लाग्दैन ।

नक्कली किसान खडा गरेर ९६ रोपनी जग्गा हडप्ने राजेन्द्र आचार्य, टुकलाल अधिकारी, भुपराज पोख्रेल, इन्द्रमणि आचार्यलाई पृथ्वीले फोन गर्दा कसैले उठाएनन् ।

जुन बुँदामा टेकेर केवल ४ जना मान्छेले जमिन हडपेका छन्, त्यही बुँदामा टेकेर अन्य ४० जना किसानले पाउनु पर्ने तर्क गर्दै आएका किसान असारको धान रोप्नु पर्ने अवस्थामा न्याय माग्दै हिडेका छन् ।

फोक्सिङमा रहेको उक्त जमिनलाई कष्ण आचार्यले बैंकमा राखेर करोडौं रुपिया लिएका छन् । उक्त रकम उनले अन्य प्रोजेक्ट लाएको जानकारीमा आएको छ ।

पीडित किसानहरु बरु मर्न तयार भएको तर त्यो जमिन फिर्ता गराइ छाड्ने भनी आन्दोलनमा उत्रिएका छन् । जापानी कम्पनी विनसँग किसानले गरेको पत्र यसै साथ छ ।

प्रतिक्रिया दिनुहोस्